जन्ममिति किर्ते गरेको भन्दै नेपाली सेनाका प्रमुख सेनानीमाथि कोर्ट मार्शल « Khabarhub

जन्ममिति किर्ते गरेको भन्दै नेपाली सेनाका प्रमुख सेनानीमाथि कोर्ट मार्शल


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जन्म मिति किर्ते गरेको भन्दै नेपाली सेनाले प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल) जीवन थापालाई कोर्टमार्शल शुरु गरेको छ । जन्म मिति किर्ते गरी सैनिक सेवामा प्रवेश गरेको आरोपमा सुदुरपश्चिम पृतनामा कार्यरत प्रमुख सेनानी थापामाथि सेनाले कोर्टमार्शल सुरु गरेको हो ।

सैनिक स्रोतका अनुसार थापाको बारेमा छानविन भइरहेको भए पनि कारवही कुन प्रकृतिको हुन्छ भन्ने चाहिँ अहिलेसम्म टुंगो लागेको छैन । २७ बेसिकका सैनिक अधिकृत थापालाई महासेनानी बढुवामा सिफारिस गरिएपनि उनको बढुवा रोकिएको थियो ।

बढुवा रोकिएपछि थापाले गत सातामात्र सैनिक सेवाबाट राजीनामा दिएका थिए । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनले दिएको राजीनामा भने स्विकृत भएको छैन ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार थापा सैनिक सेवामा प्रवेश गर्दा २६ वर्षका भएपनि उनले २१ वर्ष मात्र पुगेको भन्दै नक्कली कागजपत्र पेश गरेर सेनामा भर्ना भएका थिए । सेनामा सैनिक क्याडेटमा भर्ना हुन २१ वर्ष उमेर पुगेको हुनुपर्ने प्रावधान छ ।

थापाले १३ वर्षमा एसएलसी उर्तिण गरेको शैक्षिक प्रमाणत्र समेत पेश गरेका छन् । उनको स्कुलको प्रमाणपत्रमा जन्ममिति २०१९ साल पुस ६ गते उल्लेख छ ।

तर, उनले आफु २०१४ सालमा जन्मिएको कागजपत्र पेश गरेको सैनिक स्रोतको दाबी छ । २०३७ सालमा एसएलसी दिएका प्रमुख सेनानी थापाले १३ वर्षमा नै एसएसलसी उत्तिर्ण गर्नु कुनै पनि हिसाबले सम्भव नभएको एक सैनिक अधिकारीको दावी छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : ४२ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले