समयोजनप्रति स्वास्थ्यकर्मी असन्तुष्ट, पुनः समायोजन नगरे अदालत जाने चेतावनी « Khabarhub

समयोजनप्रति स्वास्थ्यकर्मी असन्तुष्ट, पुनः समायोजन नगरे अदालत जाने चेतावनी


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट भएका स्वास्थ्य क्षेत्रका ट्रेड युनियन तथा पेशागत संगठनहरुले पुनः समायोजनको माग गरेका छन् ।

स्वास्थ्य क्षेत्रका क्रियाशिल ट्रेड युनियन तथा पेशागत संगठनहरुले स्वास्थ्य सेवाको विशिष्टीकरण, सेवा समूह, उपसमूहका जटिलताहरुको वास्तिवक विश्लेषण नगरी स्वास्थ्य सेवा ऐन तथा समायोजन ऐन विपरित समायोजन सुची प्रकाशन गरिएको दावी छ ।

ट्रेड युनियन तथा पेशागत संगठनहरुले समायोजनमा देखिएका देखिएका त्रुटी सहितको ज्ञापन पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाएका छन् ।

यस्ता छन् स्वास्थ्यकर्मीले औल्याएका ८  ‘त्रुटी’हरु

– स्वास्थ्य सेवा ए‍ेन र समायोजन ऐन २०७५ को मर्म र मापदण्ड विपरित समायोजन गरिएको,

– स्वास्थ्य सेवाको छुट्टै सफ्टवयर निर्माण नगरी समायोजन गरिएको,

– आवेदनको लागी प्रर्याप्त समय नदिइएको,

– अन्तिम ज्येष्ठता सूची प्रकाशित नगरी समायोजन गरिएको,

– हालसम्म पनि कर्मचारीको स्पष्ट दरबन्दी प्रकाशित नगरिएको, जस्तै प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरिएका नगर अस्प्तालहरुको दरवन्दी, नर्सिङ सेवाको दरवन्दी,

– समायोजन प्रक्रियामा आवेदन दिइसके पश्चात  प्रदेश मातहत रहेका अस्पतालहरु (कोशी, वीरगञ्ज, भेरी, डडेल्धुरा अस्पताल) लाई संघमा राखिएको तर संघ रोज्न पाउने अधिकारबाट बञ्चित गरिएको साथै प्रदेश रोजेकाको स्वास्थ्यकर्मीहरुलाई संघ अन्तर्गत नखारिखएको ।

– श्रीमान–श्रीमती अवकाश हुनै लागेका, गम्भीर प्रकृतिका बिरामीलाई एक जिल्लाबाट अर्को  जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेश, हिमाली जिल्लामा स्थायी बसोबास भएकालाई तराईं तथा तराईंका लाई हिमालमा, पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व, सुत्केरी र गर्भवती कर्मचारीलाई पनि अन्तर प्रदेश र अन्तर जिल्ला माग नगरिएको स्थानमा समायोजन गरिएको र सेवाबाट अवकाश भएका तथा राजीनामा दिएका कर्मचारी तथा मृत्यु भई सकेका कर्मचारीहरुको समेत समायोजन भएको ।

ट्रेड युनियनले यस्ता त्रुटीहरुका कारण समग्र स्वास्थ्य क्षेत्र प्रभावित हुने, स्वास्थ्य सेवा प्राप्त गरेका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको भन्दै मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । समायोजन ऐन र स्वास्थ्य सेवा ए‍ेन विपरित स्वास्थ्यका कर्मचारीको समायोजन गरिएको भन्दै उनीहरुले पुनः समायोजन नगरिए न्यायको लागि अदालत जाने चेतावनी समेत दिएका छन् ।

स्वास्थ्यकर्मीलाई जवरजस्ती समायोजन गरेमा आफूहरु आन्दोलनमा जाने स्वास्थ्यकर्मीहरुको चेतावनी छ ।  समायोजनप्रति असन्तुष्ट जनाउँदै स्वास्थ्य क्षेत्रका १३ हजार कर्मचारीले निवेदन समेत दिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : २७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र