समयोजनप्रति स्वास्थ्यकर्मी असन्तुष्ट, पुनः समायोजन नगरे अदालत जाने चेतावनी | Khabarhub Khabarhub

समयोजनप्रति स्वास्थ्यकर्मी असन्तुष्ट, पुनः समायोजन नगरे अदालत जाने चेतावनी


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– कर्मचारी समायोजनमा असन्तुष्ट भएका स्वास्थ्य क्षेत्रका ट्रेड युनियन तथा पेशागत संगठनहरुले पुनः समायोजनको माग गरेका छन् ।

स्वास्थ्य क्षेत्रका क्रियाशिल ट्रेड युनियन तथा पेशागत संगठनहरुले स्वास्थ्य सेवाको विशिष्टीकरण, सेवा समूह, उपसमूहका जटिलताहरुको वास्तिवक विश्लेषण नगरी स्वास्थ्य सेवा ऐन तथा समायोजन ऐन विपरित समायोजन सुची प्रकाशन गरिएको दावी छ ।

ट्रेड युनियन तथा पेशागत संगठनहरुले समायोजनमा देखिएका देखिएका त्रुटी सहितको ज्ञापन पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुझाएका छन् ।

यस्ता छन् स्वास्थ्यकर्मीले औल्याएका ८  ‘त्रुटी’हरु

– स्वास्थ्य सेवा ए‍ेन र समायोजन ऐन २०७५ को मर्म र मापदण्ड विपरित समायोजन गरिएको,

– स्वास्थ्य सेवाको छुट्टै सफ्टवयर निर्माण नगरी समायोजन गरिएको,

– आवेदनको लागी प्रर्याप्त समय नदिइएको,

– अन्तिम ज्येष्ठता सूची प्रकाशित नगरी समायोजन गरिएको,

– हालसम्म पनि कर्मचारीको स्पष्ट दरबन्दी प्रकाशित नगरिएको, जस्तै प्राथमिक स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरिएका नगर अस्प्तालहरुको दरवन्दी, नर्सिङ सेवाको दरवन्दी,

– समायोजन प्रक्रियामा आवेदन दिइसके पश्चात  प्रदेश मातहत रहेका अस्पतालहरु (कोशी, वीरगञ्ज, भेरी, डडेल्धुरा अस्पताल) लाई संघमा राखिएको तर संघ रोज्न पाउने अधिकारबाट बञ्चित गरिएको साथै प्रदेश रोजेकाको स्वास्थ्यकर्मीहरुलाई संघ अन्तर्गत नखारिखएको ।

– श्रीमान–श्रीमती अवकाश हुनै लागेका, गम्भीर प्रकृतिका बिरामीलाई एक जिल्लाबाट अर्को  जिल्ला तथा एक प्रदेशबाट अर्को प्रदेश, हिमाली जिल्लामा स्थायी बसोबास भएकालाई तराईं तथा तराईंका लाई हिमालमा, पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व, सुत्केरी र गर्भवती कर्मचारीलाई पनि अन्तर प्रदेश र अन्तर जिल्ला माग नगरिएको स्थानमा समायोजन गरिएको र सेवाबाट अवकाश भएका तथा राजीनामा दिएका कर्मचारी तथा मृत्यु भई सकेका कर्मचारीहरुको समेत समायोजन भएको ।

ट्रेड युनियनले यस्ता त्रुटीहरुका कारण समग्र स्वास्थ्य क्षेत्र प्रभावित हुने, स्वास्थ्य सेवा प्राप्त गरेका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको भन्दै मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । समायोजन ऐन र स्वास्थ्य सेवा ए‍ेन विपरित स्वास्थ्यका कर्मचारीको समायोजन गरिएको भन्दै उनीहरुले पुनः समायोजन नगरिए न्यायको लागि अदालत जाने चेतावनी समेत दिएका छन् ।

स्वास्थ्यकर्मीलाई जवरजस्ती समायोजन गरेमा आफूहरु आन्दोलनमा जाने स्वास्थ्यकर्मीहरुको चेतावनी छ ।  समायोजनप्रति असन्तुष्ट जनाउँदै स्वास्थ्य क्षेत्रका १३ हजार कर्मचारीले निवेदन समेत दिएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ५ : २७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन