प्रहरीलाई आधुनिकीकरण गरी स्रोत साधनले सम्पन्न बनाइने छ : गृहमन्त्री थापा « Khabarhub

प्रहरीलाई आधुनिकीकरण गरी स्रोत साधनले सम्पन्न बनाइने छ : गृहमन्त्री थापा


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रहरीलाई आधुनिकीकरण र स्रोत साधनले सम्पन्न बनाउनका लागि आवश्यक प्रयास गरिने बताएका छन् ।

गृहमन्त्री बादलले प्रहरीलाई आधुनिकीकरण र स्रोत साधनले सम्पन्न बनाउनका लागि बजेटमा विशेष व्यवस्था गरिने समेत बताए ।

मंगलबार गृह मन्त्रालयमा आयोगित आगमी आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा गृह मन्त्रालयको बजेटबारे छलफलमा गृहमन्त्री थापाले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्न अनिवार्य रहेको पनि बताए ।

गृहमन्त्री थापाले विगतको कामको समीक्षा गरेर नयाँ बजेटमा सोही अनुसार बजेटको खाका बनाउन पनि मातहतका कर्मचारीलाई निर्देशन दिए ।

आगमी आवको बजेट सिलिङमा गृह मन्त्रालयको बजेट घटाइएको भन्ने सुनिन आएको उल्लेख गर्दै गृहमन्त्री थापाले गृह मन्त्रालयको बजेट घटाउन नहुने बताए ।

गृहसचिव प्रेमकुमार राईले मन्त्रालयका लागि परम्परावादी भन्दापनि नयाँ ढाँचाको बजेट बनाउन सुझाव दिए ।

गृहसचिव राईले खर्चगर्न सक्ने काममा मात्रै बजेट माग गर्न र आएको बजेट सक्नेगरी काम गर्न समेत निर्देशन दिए ।

मंगलबारको बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभाग लगायतका निकायले आफ्नो बजेटको मागबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : १४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ