गौरीकाले जितिन ८ स्वर्ण, बनाइन् अर्को राष्ट्रिय कीर्तिमान « Khabarhub

गौरीकाले जितिन ८ स्वर्ण, बनाइन् अर्को राष्ट्रिय कीर्तिमान


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको स्पर्धामा गौरीका सिंहले मंगलबार भएको खेलमा ३ स्वर्ण जित्दै व्यक्तिगत ८ स्वर्ण जितेकी छिन् । प्रतिस्पर्धामा गौरीकाले एउटा राष्ट्रिय कीर्तिमान सहित तीन स्वर्ण जितेकी हुन् ।

नेपालगञ्जमा भएको प्रतिस्पर्धामा गौरीकाले महिला एक सय मिटर बटरफ्लाइमा एक मिनेट सात दशमलव नौ सात सेकेण्डको समय निकाल्दै स्वर्ण जितिन् ।

उनले आफ्नै नाममा रहेको एक मिनेट आठ दशमलव ६ तीन सेकेण्डको समय सुधार गरेकी हुन् । यस्तै उनले २०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई मिनेट नौ दशमलव १९ सेकेण्डमा पूरा गरिन्।

महिला दुई सय मिटर ब्याकस्ट्रकमा पनि गौरिकाले नै स्वर्ण चुमिन् । उनले दुई मिनेट ४१ दशमलव २५ सेकेण्डको समयमा निर्धारित दूर पूरा गर्दै अन्य प्रतिस्पर्धीलाई उछिनेकी थिइन् ।

यस्तै महिला चार गुणा एक सय मिटर रिलेमा गौरीका सम्मिलित आर्मीको टिमले स्वर्ण जित्यो । पुलिसको टिमलाई पछि पारेको आर्मीले चार मिनेट ५१ दशमलव ८९ सेकेण्डमा दुरी पुरा गर्‍यो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ३२ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको