महिला फुटबलको उपाधिका लागि एपीएफ र आर्मी भिड्ने « Khabarhub

महिला फुटबलको उपाधिका लागि एपीएफ र आर्मी भिड्ने


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तगर्त महिला फुटबलको उपाधिका लागि दुई विभागीय क्लब एपीएफ र आर्मी भिड्ने भएका छन् ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले पुलिसलाई टाइब्रेकरमा पराजित गरेपछि उपाधिका लागि एपीएफ र आर्मीबीच उपाधि भिडन्त पक्का भएको हो ।

निर्धारित समयसम्म १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा पुलिसकी श्रृजना खड्का र रुपा मगरको प्रहार बाहिरिएपछि एपीएफ ६–५ ले विजयी भएको हो । एपीएफका लागि कप्तान अनु लामा, अनिता बस्नेत, अनिता केसी, रेनुका नगरकोटी, रन्जना दर्जी र गीता राना गोल गर्न सफल भएका थिए । साबित्रा भण्डारीको प्रहार पनि बाहिरिएको थियो ।

पुलिसका लागि कप्तान निरु थापा, अमृता जोसी, घिमकुमारी गुरुङ, निशा सुनार र रेनुका गिरीले गोल गरेका थिए ।  यसअघि ९० मिनेटको समयमा एपीएफका लागि साबित्राले गोल गरेकी थिइन् भने खेलको अन्तिम समयमा पाएको पेनाल्टीमा पुलिसकी निरुले बराबरी गोल फर्काएकी थिइन् ।

त्यस्तै, मंगलबार विहान भएको पहिलो सेमिफाइनलमा त्रिभूवन आर्मीले प्रदेश ३ माथि जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ६ : ५८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको