‘चालू आर्थिक वर्षभित्रै लक्ष्य अनुसार पूँजीगत खर्च’ « Khabarhub

‘चालू आर्थिक वर्षभित्रै लक्ष्य अनुसार पूँजीगत खर्च’


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष भित्र लक्ष्य अनुसारनै पूँजीगत खर्च हुने बताएका छन् ।

अर्थमन्त्री खतिवडाले कतिपय विकास निर्माणको काम सम्पन्न भएपनि भुक्तानी नभएकाले तत्काल पूँजीगत खर्च कम भएको देखिएको पनि स्पष्ट पारे ।

मंगलबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री खतिवडाले विकास, निर्माणको काममा खर्च हुने तर तत्काल भुक्तानी हुने नगरेकाले पूँजीगत खर्च कम देखिएको बताए ।

अर्थमन्त्री खतिवडाले विकास, निर्माणको काम सम्पन्न भएर पनि भुक्तानी नभएको अवस्था पनि रहेकाले पूँजीगत खर्चमा कमी देखिएको स्पष्ट पारे । उनले विकास, निर्माणको काममा तीव्रता आउँदा पनि पूँजीगत खर्च नदेखिनुमा भुक्तानी ढिलाई हुने गरेकाले सो समस्य समाधानका लागि मातहतका निकायलाई सचेत गराइएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले वित्तिय व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणको कामलाई सन्तुलित बनाउन पनि सरकार प्रतिबद्ध रहेको बताए । चालू आर्थिक वर्षको हालसम्म ४८ प्रतिशत पूँजीगत खर्च भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : ०० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार