पुनर्निर्माणका लागि थप ४ खर्ब २९ अर्ब रकम आवश्यक : ज्ञवाली « Khabarhub

पुनर्निर्माणका लागि थप ४ खर्ब २९ अर्ब रकम आवश्यक : ज्ञवाली


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अझै ४ खर्ब २९ अर्ब रकम आवश्यक पर्ने बताएको छ ।

प्राधिकरणले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप आवश्यक पर्ने अनुमान गरिएको जानकारी  दिएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजना अनुसार आवश्यक गर्ने बजेट परिमार्जनसहित दातृ निकाय र संस्थासँग थप रकम माग गर्ने तयारी भइरहेको बताए ।

उनले त्यसका लागि प्राधिकरणले अर्थ मन्त्रालय र दातृ निकायहरुमा छलफल भइरहेको तथा आवश्यक पर्ने रकमको आकलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले थप बजेटका लागि विश्व बैंकसँग ५ सय मिलियन अमेरिकी डलर सम्झौता भईसकेको र थप ५ सय मिलिनियम अमेरिकी डलर उलब्ध गराउन पनि सो बैंक सकारात्मक रहेको पनि जानकारी दिए ।

सरकारले यसअघि पुनर्निर्माण तथा पुनर्स्थापना लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेकोमा त्यसलाई परिमार्जन गरेर ७ खर्ब ३७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

दाता सम्मेलनमा दातृ निकायहरुबाट ४ खर्ब १० अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा ३७ अर्ब रुपैयाँ रहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, पुनर्निर्माणका लागि ३ खर्ब ४३ अर्बरुपैयाँ प्रतिबद्धता आएकोमा जम्मा २ खर्ब ६२ अर्ब रुपैयाँको मात्र सम्झौता भएको छ ।

ज्ञवालीले निजी आवास पुनर्निर्माणको काम ८० प्रतिशत अर्थात ६ लाख १२ हजार ९ सय ३५ घर पुनर्निर्माणको प्रकियामा रहेको बताए । सरकारले ७ लाख ६२ हजार ३ सय ७ घरपरिवारसँग अनुदान सम्झौता गरेको थियो ।

अनुदान सम्झौता भएकोमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २ सय ७७ घरपरिवारले घर निर्माण सम्पन्न गरेको तथा ३० प्रतिशत अर्थात २ लाख ३० हजार ६ सय ५ परिवार घर निर्माणको क्रममा रहेको पनि बताए ।

प्राधिकरणले हालसम्म ३ खर्ब ८७ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च भइसकेको जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : १५ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका