भारतमा आज मतगणना, कसले मार्ला बाजी ? « Khabarhub

भारतमा आज मतगणना, कसले मार्ला बाजी ?


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतमा १७ औं लोकसभाका लागि सात चरणमा ५४२ सिटका लागि भएको चुनावको मतगणना आजबाट शुरु हुने भएको छ ।

गणना बिहीवार विहान ८ बजबाट शुरु हुने बीबीसीले जनाएको छ ।

यो चुनावमा पहलो पटक वीवीप्याट को प्रयोग गरिएको छ ।जसका कारण नतिजा आउन केही समय लाग्ने छ ।

मतगणना शुरुआत हुनु भन्दा पहिला केहि बिपक्षी दलले ईवीएमलाई लिएर चिन्ता ब्यक्त गरेका थिए ।

उनीहरुले शत प्रतिशत वीवीप्याट (वोटर वेरिफियेबल पेपरऑडिट ट्रायल) पर्चिलाई मिलाउन माग गरेका थिए । तर विपक्षी दलको माग सर्वोच्च अदालतले खाेरेज गरेको थियो ।

लोकसभाको ५४३ मध्ये ५४२ सिटमा भएको  चुनावमा ८ हजार भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् । ७ चरणमा भएको चुनावमा ९० करोड मतदाता मध्ये करिब ६७.११ प्रतिशत मानिसले मतदानमा भाग लिएका थिए ।

मतगणना अघि सार्वजनिक भएका सर्भेक्षणहरुले सत्तारुढ भाजपाले जित्ने देखाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ६ : १९ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०