सन् २०१४ को रेकर्ड तोड्ने दिशामा मोदीको पार्टी « Khabarhub

सन् २०१४ को रेकर्ड तोड्ने दिशामा मोदीको पार्टी


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा भएको आम निर्वाचन अन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपाले अघिल्लो निर्वाचनमा भन्दा धेरै सिट जित्ने देखिएको छ ।

पछिल्लो नतिजाअनुसार भाजपा २ सय ८१ सिटमा अगाडि छ भने भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले ३ सय २९ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, भारतीय कांग्रेसले ६३ सिटमा अग्रता लिएको छ भने कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल १ सय ५ सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअनुसार भारतमा सरकार गठन गर्न आवश्यक २ सय ७२ सिट बीजेपी एक्लैले पाउने र सरकार बनाउनका लागि बीजेपीलाई एनडीए गठबन्धनको कुनै सहयोग नचाहिने प्रारम्भिक संकेतहरु देखिएको छ ।

यसअघि अघिल्लो निर्वाचनमा बीजेपीले २ सय ६७ सिट जितेको थियो । पछिल्लो निर्वाचन परिणाम अनुसार बीजेपीले सन् २०१४ को भन्दा धेरै सिट जित्ने संकेत देखिएको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ११ : ३० बजे

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो