उत्तर प्रदेशमा कांग्रेसलाई धक्का लाग्ने संकेत « Khabarhub

उत्तर प्रदेशमा कांग्रेसलाई धक्का लाग्ने संकेत


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– भारतीय आम निर्वाचनमा सबैभन्दा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा कांग्रेस पार्टीलाई नराम्रो धक्का लाग्ने देखिएको छ ।

निर्वाचनको मतगणना जारी रहँदा कांग्रेस पार्टीका दुई सबैभन्दा महत्वपूर्ण नेताहरु पार्टी प्रमुख राहुल गान्धी मतगणनामा निकै पछि परेको तथा अर्की प्रभावशाली नेतृ एवं कांग्रेस पार्टीकी पूर्व प्रमुख सोनिया गान्धीको अग्रता निकै नै कम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर प्रदेशको अमेठीमा राहुल गान्धी भारतीय जनता पार्टी भाजपाकी नेतृ स्मृति इरानभन्दा पछि परेको जनाइएको छ ।

राहुल गान्धीले २८ हजार ३ सय ७७ तथा इरानीले ३४ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राय बरेली निर्वाचन क्षेत्रमा पनि सोनिया गान्धीको अग्रता कम हुँदै गएको जनाइएको छ ।

यद्यपि दक्षिण भारतको केरलास्थित वायनाडमा भने राहुल गान्धीको अग्रता निकै नै धेरै रहेकाले उनको लोकसभामा प्रतिनिधित्व भने सुरक्षित नै देखिएको छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसले उत्तर प्रदेशको अमेठी र रायबरेलीमा मात्र जितेको थियो ।

यसअघि अघिल्लो निर्वाचनमा अमेठीमा राहुल गान्धीले इरानीलाई १ लाख भन्दा धेरै मत अन्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  १२ : ५५ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको