विवाहित फुटबलर ह्यामेज भेनेजुएलाकी मोडेल डी लिमासँग प्रेममा (फोटो फिचर) « Khabarhub

विवाहित फुटबलर ह्यामेज भेनेजुएलाकी मोडेल डी लिमासँग प्रेममा (फोटो फिचर)


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोलम्बिया तथा बायर्न म्युनिखका स्टार खेलाडी ह्यामेज रोड्रिगेजले आफ्नो नयाँ प्रेम सम्बन्धको खुलासा गरेका छन् ।

२७ वर्षिय ह्यामेजले भेनेजुएलाकी चर्चित मोडल स्यानन डी लिमासँग आफू सम्बन्धमा रहेको बताएको खेल पत्रिका मार्काले उल्लेख गरेको छ । मार्काले ह्यामेज र लिमाका तस्वीरहरु सार्वजनिक गर्दै उनीहरु सम्बन्धमा रहेको उल्लेख गरेका छ ।

लिमा अमेरिकी गायक मार्का एन्थोनीकी पूर्व पत्नी हुन् । त्यस्तो त ह्यामेज पनि विवाहित हुन् । उनले कोलम्बियाकी भलिबल खेलाडी ड्यानीयल स्पिनासँग विवाह गरीसकेका छन् भने उनीहरुको पाँच वर्षकी छोरी पनि छन् ।

जर्मन बुन्डेस लिगाको जीतको सेलिब्रेसन गरीरहँदा उनले आफ्नो नयाँ सम्बन्ध बारेमा खुलेर बोलेका हुन् ।

ह्यामेज चर्चीत युवा खेलाडी हुन् । उनी सन् २०१४ को विश्वकप फुटबलमा उच्च गोलकर्ता बन्दै गोल्डेन बुट विजेत बनेका थिए । विश्वकपमा उत्कृष्ठ प्रदर्शन गरेसँगै मोनाको फुटबल क्लबबाट रियल मड्रिड पुगेका ह्यामेजको प्रदर्शन औसत मात्र रहन गयो । त्यसपछि उनी रियलबाट म्युनिख पुगेका थिए ।

रसिया विश्वकपमा पनि उनको प्रदर्शन औसत रहन पुग्यो । ह्यामेजले कोलम्बियाबाट खेलेका ६९ अन्तराष्ट्रिय खेलमा २२ गोेल गरेका छन् ।

 

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १ : ११ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली