जीत अगावै प्रधानमन्त्री ओलीले दिए मोदीलाई शुभकामना « Khabarhub

जीत अगावै प्रधानमन्त्री ओलीले दिए मोदीलाई शुभकामना


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनुपूर्व नै बधाइ दिएका छन् ।

सात चरणमा सम्पन्न लोकसभा चुनावको मतगणना जारी रहँदा सत्तारुढ भारतीय जनता पार्टीको गठवन्धनले ३४० सीटमा अग्रता बनाएको छ भने कांग्रेससहितको गठवन्धनले ८७ सीटमा अग्रता बनाएको छ । अन्य दलले ११५ सीटमा अग्रता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा ५ सय ४२ लोकसभा सिटमा सत्तारुढ भारतीय जनता पार्टी एकल बहुमत तर्फ अघि बढेका हो ।

भारतीय जनता पार्टीको नेतृत्वले अग्रता लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई जीतको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आगामी दिनमा अझ नजिक भएर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  २ : ५१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति