राजदूत पाण्डे र मलेसियाली मानव संशाधन मन्त्रीबीच भेट, स्वास्थ्यको विषय मंगलवार भित्र टुंगिने « Khabarhub

राजदूत पाण्डे र मलेसियाली मानव संशाधन मन्त्रीबीच भेट, स्वास्थ्यको विषय मंगलवार भित्र टुंगिने


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधन मन्त्री कुला शेरागनबीच बिहीबारमलेसियाको पुत्राजयमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा आउदो मंगलबारसम्म नयाँ मापदण्डअनुसार स्वास्थ्य मेडिकल संस्था टुंग्याउने विषयमा छलफल भएको मलेसियास्थीत नेपाल दूतावासले जानकारी दिएको छ ।

मानव संशाधन मन्त्रीसँग भएको भेटमा पछिल्लो प्रगति र अन्य विषयमा छलफल भएको राजदूत पाण्डेले बताए ।

मलेसियासँग कामदारको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्यकासँग जोडिएका विषय चाँडै टुगांउन गरि छलफल भएको पाण्डेको भनाइ छ ।

मलेसिया मन्त्री शेरागनले मंगलबारसम्म सवै विषय टुगाउने आश्वासन दिएको उनले जानकारी दिए ।

मलेसियामा नेपाली कामदार जान एक वर्षदेखि रोकिएको छ । मन्त्रीसँगको भेटमा राजदूत पाण्डेले स्वास्थ्य मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने भन्दै तत्काल अनुगमनका लागि टोली पठाइदिन आग्रह गरेको जानकारी दिए ।

हाल काम गरिरहेका ३९ वटा स्वास्थ्य संस्थाका बारेमा पनि छलफल भएको राजदूत पाण्डे बताए । ती कम्पनीलाई मलेसियाको बेस्टिनेट कम्पनीले छानेको हो । यसका समयअवधि अझ डेढ वर्ष छ । हाल नेपालले मलेसिया जाने कामदारका स्वास्थ्य परिक्षण गर्ने मेडिकल संस्थाको छनोट गरिरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : २२ बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका