साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा ५ अंकको गिरावट | Khabarhub Khabarhub

साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा ५ अंकको गिरावट


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन बिहीवार सेयर बजारको परिसुचक नेप्से ५.०८ अंकले घटेर १३१४.५५ विन्दुमा पुगेको छ ।
त्यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) पनि ०.८९ अंकले घटेर २८०.३८ विन्दुमा पुगेको छ ।

बिहीबार शेयर बजारमा १ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३ सय ४ कित्ता शेयर ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेमा बिहीबार १२ उप–समूहको कारोबार भएकोमा ७ उपसमूह घटेका छन् भने ५ उपसमूह बढेका छन् । उपसमूहको कारोबारमा बैंकिङ ०.९५, व्यापार ०.०८, बिकास बैंक ९.२, जलविद्युत ६४.७८, फाइनान्स ७.०५, उत्पादन ०.५, जीवन बिमा ४४.५३ अंकले ओरालो लाग्दा होटेल ३५.८३, निर्जीवन बिमा ३.७१, अन्य ०.९२, माइक्रो फाइनान्स १.७, अन्य ०.९२ र म्यूचुअल फण्ड ०.०२ अंकले बढेको छ ।

बिहीबार अपर तामाकोशी हाईड्रोले सबैभन्दा धेरै १५ करोड ५९ लाख ६४ हजार ४ सय ८४ रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

बिहीबारको बजारमा एएमबी माईक्रो फाईनान्स, मल्टीपर्पोज फाईनान्स, सिभिल लघुवित्त संस्था, समिट लघुवित्त संस्था, कंचन डेभलपमेन्ट बैंकले बढी नाफा कमाएका छन् । त्यसैगरी बढी गुमाउनेमा हिमालय उर्जा विकास कम्पनी, हिमालय पावर पार्टनर, गलेम्दी हाईड्रो, युनाईटेड मोदी हाईड्रो, श्री ईन्भेष्टमेन्ट फाईनान्स रहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ४ : १४ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका