दुई ठाउँबाट चुनाव लडेका राहुल गान्धी केरलाबाट विजयी « Khabarhub

दुई ठाउँबाट चुनाव लडेका राहुल गान्धी केरलाबाट विजयी


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेस पार्टीका प्रमुख राहुल गान्धीले दक्षिणी राज्य केरलाको वायनाड निर्वाचन क्षेत्रमा फराकिलो मत अन्तरले विजयी भएसँगै संसद्मा उनको प्रतिनिधित्व निश्चित भएको छ ।

वायनाडमा उनले ४ लाख २८ हजारभन्दा धेरै मत अन्तरले निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी भाकपाका पीपी सुनिरलाई पराजित गरेका हुन् । गान्धीले ७ लाख ४ हजार ३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी सुनिरले भने २ लाख ७३ हजार ५ सय ५० मत ल्याए ।

यद्यपि राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा भने भारतीय जनता पार्टी भाजपाकी उम्मेद्वार स्मृति इरानीसँग पराजित हुने करिब–करिब निश्चितजस्तै बनेको छ ।

अमेठीमा गान्धीले २ लाख ७६ हजार ७ सय १३ मत प्राप्त गरेका छन् भने स्मृति इरानीले ३ लाख १५ हजार ०५८ मतका साथ गान्धीलाई उछिनेकी छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ७ : ०८ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म