भाजपाको शानदार जितपछि मोदीले भनेः २१ औं शताब्दीमा द्वापर युगको न्याय ! « Khabarhub

भाजपाको शानदार जितपछि मोदीले भनेः २१ औं शताब्दीमा द्वापर युगको न्याय !


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा भएको आम निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले विशाल जीत निकालेसँगै भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेका छन् ।

भाजपा पार्टी कार्यालयमा सयौं कार्यकर्ता उपस्थित रहेको विजयोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपालाई मत दिन सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री मोदीले आफ्नो यो विजयी सारा भारत तथा भारतीय जनताको विजयी भएको जनाएका छन् ।

सम्बोधनकै क्रममा प्रधानमन्त्री मोदीले द्वापरयुगको प्रसंग जोड्दै महाभारतको युद्धमा श्रीकृष्णलाई तपाई कसको पक्षमा हुनुहुन्थ्यो ? भन्ने प्रश्नमा श्रीकृष्णले आफू हस्तिनापुरबाहेक कसैको पनि पक्षमा नरहेको उत्तर दिएको कुरा उल्लेख गर्दै भारतीय जनताले पनि २१ औं शताब्दीमा द्वापर युगको न्याय दिलाएको र कृष्णको भूमिका निर्वाह गरेको टिप्पणी गरे ।

उनले आफ्नो विजयीलाई जनताको चरणमा अर्पण गरेको जनाएका छन् । त्यस्तै, उनले आफ्ना पार्टीका करोडौं मतदातालाई समेत जितका लागि धन्यवाद दिएका छन् । सम्बोधनकै क्रममा उनले लोकसभा चुनावमा विजयी भएका सबै पार्टीका उम्मेदवारलाई बधाई तथा शुभकामना समेत दिए ।

उनले भारत संघीय मुलुक रहेको र आफ्नो पार्टीले हरेक राज्यको विकासका लागि साथ दिने समेत बाचा गरेका छन् । आफ्नो आदर्श र विचारबाट पछि नहट्ने भारतीय जनता पार्टीको विशेषता रहेको उल्लेख गर्दै उनले पछिल्लो यात्रामा आएका अनेक उतारचढावको सामना गर्न पार्टी सक्षम रहेकै कारण यो परिणाम हात लागेको बताए ।

सम्बोधनकै क्रममा उनले ३० वर्षसम्म भारतमा सेक्युलरिज्मको नारा लाग्दै आएको भएपनि सन् २०१४ पश्चात त्यसबाट भारतीय जनताले उन्मूक्ति पाएको बताए । उनले भारतमा जातीयताको नामबाट राजनीति गर्नेहरुको दिन समाप्त भएको समेत दाबी गरे । यो विशाल जनमतले भारतमात्र नभइ विश्वको ध्यान खिच्न सफल भएको बताए ।

उनले सरकार बहुमतबाट बनेपनि मुलुक भने सर्वमतबाट चल्ने भन्दै चुनावमा के भयो भन्ने बिर्सेर अब मुलुकको हितका लागि सबैलाई साथमा लिएर अघि बढ्ने बाचा गरे ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ९ : ५० बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो