भारतीय चुनाबमा गौतम गम्भीरको बाउन्ड्री नै बाउन्ड्री ! « Khabarhub

भारतीय चुनाबमा गौतम गम्भीरको बाउन्ड्री नै बाउन्ड्री !


९ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान गौतम गम्भीर लोकसभा चुनावमा विजयी भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट चुनावी मैदानमा उत्रिएका गम्भीरले ३ लाख ९१ हजार भन्दा बढी मत ल्याएर आफ्ना निकटम प्रतिद्वन्द्वी कांग्रेसका अरविंदर सिंह लवलीलाई पराजित गरेका हुन् । गम्भीर पूर्वी दिल्‍लीबाट चुनावमा उठेका थिए ।

गौतम गम्भीरको जितसँगै भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंहले बधाइ दिएका छन्। हरभजन सिंहले ट्वीटमा लेखेका छन– भारी मतका साथ जितका लागि शुभकामना गौतम गम्भीर ! भाजपालाई थप शक्ति मिल्यो ।

क्रिकेट मैदानमा आक्रामक र महशुर रहने गम्भीरले राजनीतिमा पनि पनि जबरजस्त शुरुवात गरेका छन् । खेल जीवनपछि उनले पहिलो पटक राजनीतिमा पाइला टेकेका हुन् । गम्भीरले २००८ को टी ट्वान्टी विश्वकपमा भारतीय टीमलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए । यसका साथै उनले २०११ को आईसीसी विश्व कप क्रिकेटको फाइनलमा श्रीलंकाविरुद्ध ९७ रन बनाएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ११ : १६ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको