अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जित, विश्वकपको पहिलो ह्याट्रिक सामीको नाममा « Khabarhub

अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जित, विश्वकपको पहिलो ह्याट्रिक सामीको नाममा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा भारतले अफगानिस्तानविरुद्ध ११ रनको रोमाञ्चक जित हात पारेको छ ।

दी अगेस वोलमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ सय १३ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानविरुद्ध भारतका मोहम्मद सामीले ह्याट्रिक गरे ।

उनले खेलको अन्तिम ओभरमा लगातार तिन विकेट लिँदै ह्याट्रिक पुरा गरेसँगै अफगानिस्तानमाथि जित निकाल्दा उनी नायक पनि बने । अन्तिम ओभरमा उनले अर्धशतक बनाएर खेलिरहेका मोहम्मद नाभिलाई आउट गराउनु नै भारतको जितको टर्निङ पोइन्ट बन्यो ।

उनले नाभिसँगै अफ्ताब आलम र मुजेबुर उर रहमानको विकेट लिँदै ह्याट्रिक पुरा गरे । अफगानिस्तानका लागि नाभिले ५२ रन बनाए भने रहमत शाहले ३६ रन, गुलबदिन नाभिले २७ रन बनाए । अफगानिस्तानविरुद्ध भारतका सामीले ह्याट्रिकसहित ४ विकेट लिए । जस्प्रीत बुमराह, युज्भेन्द्र चहाल र हार्दीक पाण्ड्याले समान दुई दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक सहित ६७ रन बनाएका थिए भने केदार ज्यादवले ५२ रन बनाउँदा केएल राहुलले ३० रनको योगदान दिएका थिए । आईसीसीको एकदिवसीय वसियतामा शीर्ष दोस्रो स्थानमा रहेको भातलाई कम रनमा रोक्न अफगानिस्तानले उत्कृष्ट बलिङ गर्यो ।

जसमा अफगानिस्तानका कप्तना गुलबदिन नाभि र मोहम्मद नाभिले समान दुई–दुई विकेट लिए । यस्तै, राशिद खान, मजिबुर उर रहमान, अफताब आलम र रहमत शाहले समान एक–एक विकेट लिए । जीतसँग भारत ५ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा न्युजिल्यान्डले क्यारेबियन टोली वेष्ट इन्डिजलाई पराजित गरेको छ । न्युजिल्यान्डले इन्डिजलाई ५ रनको झिनो रनले पराजित गर्यो । न्युजिल्यान्डलाई जित दिलाउन ब्याटिङ तर्फ कप्तान केन विलियमसनले १सय४८ रनको योगदान दिँदा बलिङ तर्फ टेन्ट बोल्टले ४ विकेट लिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ५३ बजे

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

इलाम– माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै