अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जित, विश्वकपको पहिलो ह्याट्रिक सामीको नाममा « Khabarhub

अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जित, विश्वकपको पहिलो ह्याट्रिक सामीको नाममा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा भारतले अफगानिस्तानविरुद्ध ११ रनको रोमाञ्चक जित हात पारेको छ ।

दी अगेस वोलमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ सय १३ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानविरुद्ध भारतका मोहम्मद सामीले ह्याट्रिक गरे ।

उनले खेलको अन्तिम ओभरमा लगातार तिन विकेट लिँदै ह्याट्रिक पुरा गरेसँगै अफगानिस्तानमाथि जित निकाल्दा उनी नायक पनि बने । अन्तिम ओभरमा उनले अर्धशतक बनाएर खेलिरहेका मोहम्मद नाभिलाई आउट गराउनु नै भारतको जितको टर्निङ पोइन्ट बन्यो ।

उनले नाभिसँगै अफ्ताब आलम र मुजेबुर उर रहमानको विकेट लिँदै ह्याट्रिक पुरा गरे । अफगानिस्तानका लागि नाभिले ५२ रन बनाए भने रहमत शाहले ३६ रन, गुलबदिन नाभिले २७ रन बनाए । अफगानिस्तानविरुद्ध भारतका सामीले ह्याट्रिकसहित ४ विकेट लिए । जस्प्रीत बुमराह, युज्भेन्द्र चहाल र हार्दीक पाण्ड्याले समान दुई दुई विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक सहित ६७ रन बनाएका थिए भने केदार ज्यादवले ५२ रन बनाउँदा केएल राहुलले ३० रनको योगदान दिएका थिए । आईसीसीको एकदिवसीय वसियतामा शीर्ष दोस्रो स्थानमा रहेको भातलाई कम रनमा रोक्न अफगानिस्तानले उत्कृष्ट बलिङ गर्यो ।

जसमा अफगानिस्तानका कप्तना गुलबदिन नाभि र मोहम्मद नाभिले समान दुई–दुई विकेट लिए । यस्तै, राशिद खान, मजिबुर उर रहमान, अफताब आलम र रहमत शाहले समान एक–एक विकेट लिए । जीतसँग भारत ५ खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

यस्तै, शनिबार राति नै भएको अर्को खेलमा न्युजिल्यान्डले क्यारेबियन टोली वेष्ट इन्डिजलाई पराजित गरेको छ । न्युजिल्यान्डले इन्डिजलाई ५ रनको झिनो रनले पराजित गर्यो । न्युजिल्यान्डलाई जित दिलाउन ब्याटिङ तर्फ कप्तान केन विलियमसनले १सय४८ रनको योगदान दिँदा बलिङ तर्फ टेन्ट बोल्टले ४ विकेट लिए ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार