सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका ! « Khabarhub

सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ।

नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए।

‘३० एमपुल इन्जेक्सनको म्याद नाघेको थियो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकामा एक महिना स्टोर भएछ।’ गाउँपालिकाले समयमै नपठाउँदा औषधिको म्याद नाघेको साहले बताएको नयाँ पत्रिकामा खबर छ।

म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाले एक-अर्कालाई दोषारोपण गरेका छन्। स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले स्थानीय तहले ढुवानीमा ढिलाइ गरेका कारण औषधिको म्याद गुज्रिएको बताए।

‘प्रदेश तथा केन्द्रबाट आएका औषधि स्वास्थ्य चौकीहरूको मागअनुसार हामीले स्थानीय तहहरूमा पठाउने गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहमा गएका औषधि मातहतका स्वास्थ्य चौकीमा वितरण गर्न पालिकाहरूले नै ढुवानी गर्ने व्यवस्था छ। पालिकाहरूले समयमै ढुवानी नगर्दा औषधिको म्याद सकिने अवस्था आएको हुन सक्छ।’ कम्तीमा १८ महिना म्याद भएको औषधि मात्र खरिद गर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ।

तर, नौबहिनी गाउँपालिकाले भने स्वास्थ्य कार्यालय नै म्याद गुज्रिन लागेको औषधि आफूहरूकहाँ पठाएको बताएको छ। ‘स्वास्थ्य कार्यालयले वैशाख २८ मा औषधि पठायो। तर फोप्ली जाने बाटो बिग्रेकाले १५ दिन ढिला भयो,’ नौबहिनी गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द केसीले भने, ‘१५ दिनमै म्याद सकिने औषधि पठाउनु त स्वास्थ्य कार्यालयकै दोष हो।’

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले संघसंस्थाहरूले स्वास्थ्य संस्थामा गर्ने अनुगमन गर्दा आफूहरूसँग समन्वय नगरेकोमा असन्तुष्टि जनाए। ‘उहाँहरू आफूखुसी अनुगमन गर्नुहुन्छ। प्रतिवेदन हामीलाई आउँदैन,’ उनले भने, ‘के अनुगमनको विवरण सामाजिक संजालमा हालेर पुग्ने हो ?’

निशुल्क अत्यावश्यक औषधी व्यवस्थापन अन्तर्गत अस्पताललाई ७०, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८, स्वास्थ्य चौकीमा ३५ तथा सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्रमा २५ थरीका औषधी निशुल्क आउँछन्।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ११ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले