सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका ! | Khabarhub Khabarhub

सुत्केरीको रक्तस्राव रोक्ने औषधि नै म्याद गुज्रेका !


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ।

नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए।

‘३० एमपुल इन्जेक्सनको म्याद नाघेको थियो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयबाट आएका औषधि गाउँपालिकामा एक महिना स्टोर भएछ।’ गाउँपालिकाले समयमै नपठाउँदा औषधिको म्याद नाघेको साहले बताएको नयाँ पत्रिकामा खबर छ।

म्याद गुज्रेको औषधि स्वास्थ्य चौकी पुग्नुमा जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाले एक-अर्कालाई दोषारोपण गरेका छन्। स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले स्थानीय तहले ढुवानीमा ढिलाइ गरेका कारण औषधिको म्याद गुज्रिएको बताए।

‘प्रदेश तथा केन्द्रबाट आएका औषधि स्वास्थ्य चौकीहरूको मागअनुसार हामीले स्थानीय तहहरूमा पठाउने गरेका छौँ,’ उनले भने, ‘स्थानीय तहमा गएका औषधि मातहतका स्वास्थ्य चौकीमा वितरण गर्न पालिकाहरूले नै ढुवानी गर्ने व्यवस्था छ। पालिकाहरूले समयमै ढुवानी नगर्दा औषधिको म्याद सकिने अवस्था आएको हुन सक्छ।’ कम्तीमा १८ महिना म्याद भएको औषधि मात्र खरिद गर्ने कानुनी व्यवस्था रहेको उनको भनाइ छ।

तर, नौबहिनी गाउँपालिकाले भने स्वास्थ्य कार्यालय नै म्याद गुज्रिन लागेको औषधि आफूहरूकहाँ पठाएको बताएको छ। ‘स्वास्थ्य कार्यालयले वैशाख २८ मा औषधि पठायो। तर फोप्ली जाने बाटो बिग्रेकाले १५ दिन ढिला भयो,’ नौबहिनी गाउँपालिकाका स्वास्थ्य सहसंयोजक गोविन्द केसीले भने, ‘१५ दिनमै म्याद सकिने औषधि पठाउनु त स्वास्थ्य कार्यालयकै दोष हो।’

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले संघसंस्थाहरूले स्वास्थ्य संस्थामा गर्ने अनुगमन गर्दा आफूहरूसँग समन्वय नगरेकोमा असन्तुष्टि जनाए। ‘उहाँहरू आफूखुसी अनुगमन गर्नुहुन्छ। प्रतिवेदन हामीलाई आउँदैन,’ उनले भने, ‘के अनुगमनको विवरण सामाजिक संजालमा हालेर पुग्ने हो ?’

निशुल्क अत्यावश्यक औषधी व्यवस्थापन अन्तर्गत अस्पताललाई ७०, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५८, स्वास्थ्य चौकीमा ३५ तथा सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्रमा २५ थरीका औषधी निशुल्क आउँछन्।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ७ : ११ बजे

अमेरिका–भारत व्यापार सम्बन्धमा उच्चस्तरीय छलफल

क्वालालम्पुर– व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व : कावा सभापति खड्का

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव

रैथाने ‘अनदी धान’ लोपोन्मुख अवस्थामा

कञ्चनपुर– रैथाने धानका जात मध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तैनाथ गरियो प्रहरी (तस्बिरहरू)

काठमाडौं- चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

छठ पर्वप्रति नेपालगन्जवासीको मोह बढ्दै

राँझा–  पश्चिम तराईको सहर नेपालगन्जमा छठपूजा गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको