दूरी बढ्न थालेपछि प्रचण्डलाई रिझाउन ओलीलाई हम्मेहम्मे | Khabarhub Khabarhub

दूरी बढ्न थालेपछि प्रचण्डलाई रिझाउन ओलीलाई हम्मेहम्मे


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाम विश्लेषक हरि रोकाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारेमा एक पटक लेखेका थिए–‘प्रचण्ड जुन गतिमा अघि बढछन त्यो भन्दा दोब्बर गतिमा पछि हट्छन ।’ अनुमान गर्न असाध्यै कठिन नेताको रुपमा परिचित अध्यक्ष दाहाल कुन बेला ट्विस्ट एण्ड टर्न हुन्छन, त्यो भन्न निकै कठिन हुन्छ । नेकपा अध्यक्ष दाहालको यो वानीलाई उनका आलोचकहरु अस्थिर र चञ्चले भन्ने गर्दछन भने उनी स्वयम चाहिं आफुलाई चमत्कारिक र क्रमभंगता भन्ने गर्दछन ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा लामो समयसम्म उनको साथमा बसेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको शब्द सापटी लिने हो भने प्रचण्डलाई कन्ट्रोलमा राख्न गिरिजाप्रसाद कोइराला जतिको चतुर खेलाडीलार्ई पनि हम्मे हम्मे परेको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नियन्त्रणमा राख्नु वा उनको चित्त वुझाउनु असाध्यै कठिन काम हो । एकपटक अध्यक्ष दाहाल स्वयमले पनि आफनो बारेमा स्वमुल्यांकन गर्दै भनेका थिए–‘म अरु जस्तो थपक्क बस्न सक्दिन । केही न केही नगरि बस्ने बानी नै छैन ।’

हो, प्रचण्डको यहि केही न केही गरिरहने बानी नै अहिले अरु त अरु दुई तिहाइ नजिकको मतको आधारमा प्रधानमन्त्री भएका केपी ओलीको लागिसमेत घातक हुने देखिन थालेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा जान लागेको बेलामा प्रधानमन्त्री केपी ओलीसँग अघिल्लो साल जेठ २ गते भएको पाँच बुदे सहमतिपत्र सार्वजनिक गरेर सिंहदरवारको कुर्सी हल्लाएका अध्यक्ष दाहालले त्यसयता मिडिया र नागरिक समाजको ध्यान खिच्न सफल भएका छन ।

राजधानीको माइतीघर मण्डलमा हजारौं मानिस गैरराजनीतिक मुद्धामा एकत्रित भएर सरकारलार्ई चुनौती दिइरहेको र यसलाई कसरी व्यवस्थापन गर्ने भनेर हायलकायल भइरहेको बेलामा अध्यक्ष दाहालले लोकसेवाले निकालेको विज्ञापन रद्ध गर्नुपर्छ भनेर अर्को क्षेप्यास्त्र नै प्रहार गरे ।

स्थायी समितिमा प्रचण्डले भने–‘मलाई फकाएर काम लिन सक्नुहुन्छ तर थर्काएर वा धम्क्याएर वा कुना पारेर काम लिन्छु भन्ने ठान्नुभयो भने गल्ती हुन्छ । म त्यो मान्दिन ’

सरकार बनेको करिव डेढ बर्षको अवधिमा पहिलो पटक यति धेरै रक्षात्मक अवस्थामा रहेको सरकारलाई लोकसेवाको विज्ञापन पनि रद्ध गर्नुपर्छ भन्नु अर्को प्रहार हो । नेकपाका अर्का अध्यक्ष प्रचण्डका लागि एउटा अहम सवाल छ–सरकारले गरेका काममा काखी बजाउने कि यसलार्ई सुधारेर लैजान मद्दत गर्ने ? यो प्रश्न प्रधानमन्त्री केपी ओलीलाई फकाएर सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिलाई कार्यान्वयन गराउने कि विद्रोह गरेर भन्ने सवालसँग सम्वन्धित छ । पुर्वएमालेलाई बुझ्ने विश्लेषकहरु मध्येका पुरञ्जन आचार्य भन्छन–‘झापा आन्दोलनसँग नजोडिएको मानिसले नेकपाको नेतृत्व लिन बहुत कठिन छ ।’ यसो भन्नुको मतलब अहिलेपनि नेकपामा पुर्वएमालेको अर्थात केपीओलीको बर्चस्व छ भन्ने अर्थ आउछ ।

झट्ट हेर्दा प्रधानमन्त्री केपी ओली यतिवेला पनि बलिया झैं देखिन्छन । तर, साझा विवेकशीलका नेता केशव दाहालका अनुसार, उनी दम्भ कै कारण कमजोर भइसकेका छन । एकपटक कान्तिपुर दैनिक सम्हालिसकेका सुधीर शर्माले त सामाजिक सञ्जालमा नै ओली कमजोर भएको भनेर लेखेका छन । शर्माका अनुसार, सरकारले गुठी विधेयक फिर्ता लिनु, यसको विपक्षमा हजारौं जनता सडकमा उत्रिनु, विपक्षीले रोष्ट्रममा पुगेका प्रधानमन्त्रीलाई बोल्नको लागि बाटो बन्द गर्नु, विपक्षी विस्तारै सदन रोक्न सक्ने तागत लिएर उपस्थिति हुनुले सरकार कमजोर भएछ भनेर बुझन सकिन्छ ।

र, नेकपा अध्यक्ष पुष्पकमल दाहालको बोलीमा क्रमश : विपक्षीको झल्को आउनु ओली कमजोर भएको अर्को सुचक हो ।

नेकपा भित्रको आन्तरिक राजनीति पेचिलो ढंगबाट अघि बढिरहेको छ । पार्टी एकतासंगै नेकपाले माधव नेपालको नेतृत्वमा राजनीतिक प्रतिवेदन तयार पार्न उपसमिति गठन गरेको थियो । यो समितिले माक्र्सवाद, लेनिनवादलाई मुख्य मार्गनिर्देशक सिद्धान्त मानेर राजनीतिक प्रतिवेदन तयार पारयो। यो प्रतिवेदन अहिले अध्यक्षद्वयको सिरानीमुनि छ । तर, प्रतिवेदन तयार भएका १३ महिना बित्न लाग्यो तर सार्वजनिक भएको छैन । प्रतिवेदन सार्वजनिक नहुने अनि नेकपाको मार्गनिर्देशक सिद्धान्त जबज नै हुनुपर्छ भनेर स्वयम प्रचण्ड नै भएको सभामा ईश्वर पोखरेलले भटाभट बोल्न थालेपछि प्रचण्ड र पुर्वमाओवादी खेमामा खैलाबैला मच्चिएको छ ।

नेकपामा अझ कतिसम्म हुन थालेको छ भने युरोप भ्रमणबाट प्रधानमन्त्री फर्के लगत्तै गुठी विधेयकको बारेमा सम्वाद थालनी गरे । तर बालुवाटारमा प्रधानमन्त्रीले नेकपाकै जनप्रतिनिधिलार्ई बोलाएर गुठी विधेयकबारेमा राय लिँदा अर्का अध्यक्ष पुष्पकमल दाहाल थिएनन् । र, सोही दिन बिहान नेकपा नेतृ देवी खडकाका दाजु रितबहादुर खडकाको स्मृतिमा पार्टी कार्यालय धुम्वाराहीमा गरिएको सभामा पुर्वएमालेका कोही पनि थिएनन् । सोझो ढंगबाट हेर्दा एक देखिएको नेकपा यसरी दुई भागमा देखिने गरी चिरिन थालेको छ । र, सोही सभामा अध्यक्ष दाहालले पाँच बुँदे सहमति पालना हुनैपर्ने कुरालाई प्रमुखताको साथ उठाईदिए ।

त्यसो त नेकपा अध्यक्ष दाहाल अर्का अध्यक्ष केपी ओलीसँग यतिकै रिसाएका भने होइनन, र उनले आफु रिसाएको कुरा राम्रोसँग जानकारी पनि गराएका छन । नेकपाकै एक स्थायी समिति सदस्यका अनुसार, स्थायी समिति बैठक चलिरहेको थियो । लामो समयपछि बैठक बसेको हुनाले बोल्ने कुरा धेरै थियो तर बोल्नको लागि एक जना स्थायी समिति सदस्यलाई जम्मा १५ मिनेट समय दिईएको थियो । स्थायी समितिका ४५ जना सदस्य मध्ये ४३ जनाले बोलिसकेपछि नेकपाका अध्यक्ष मध्येका एक पुष्पकमल दाहाल प्रचण्डले भने–‘मलाई फकाएर काम लिन सक्नुहुन्छ तर थर्काएर वा धम्क्याएर वा कुना पारेर काम लिन्छु भन्ने ठान्नुभयो भने गल्ती हुन्छ । म त्यो मान्दिन ।’

समकालिन राजनीतिक दलका नेताहरुमा प्रचण्ड अलि बढी नै चलाख छन । समयको पदचाप चिन्नु, यसअनुसार कदम चाल्नु उनको लागि पानीमा माछा पौडिए जस्तै हो । तर, वर्तमान नेकपामा उनी मात्र खेलाडी छैनन

यसरी प्रचण्डले आफु रिसाएको छनक राम्रोसँग दिएका छन । तर, यति हुँदा हुदै पनि सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा जब मेरो सरकार भन्ने शब्दावलीको प्रयोग भयो अन्य सांसदले जस्तै अध्यक्ष दाहालले पनि सदनमा राष्ट्रपतिको मुखबाटै मात्र सुने । अर्कोतर्फ पार्टीको बैठक दुई अध्यक्षले पालैपालो अध्यक्षता गर्ने भनिएपनि प्रचण्डले आजसम्म अध्यक्षता गर्न पाएका छैनन ।

कतिसम्म भने प्रधानमन्त्री युरोप भ्रमणमा जादा उनले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई दिए, संसदीय दलमा सुवास नेम्वाङ्गलाई जिम्मेवारी दिए तर पार्टीमा कसैलाई पनि कार्यबाहक तोकेनन । नेकपा नेता हरिवोल गजुरेल भने–एउटा नेता हाइफाइ र भ्याइ नभ्याइ हुने तर अर्को नेता सहयोगी जस्तो मात्र भएपछि स्वभाविक रुपमा चित्त दुख्छ । अहिले प्रचण्डको चित्त दुखेको छ ।

समकालिन राजनीतिक दलका नेताहरुमा प्रचण्ड अलि बढी नै चलाख छन । समयको पदचाप चिन्नु, यसअनुसार कदम चाल्नु उनको लागि पानीमा माछा पौडिए जस्तै हो । तर, वर्तमान नेकपामा उनी मात्र खेलाडी छैनन । त्यहाँ लामो समय खुल्ला राजनीति गरेका नेता र लामो समयदेखि राजनीति गरेको पुर्वएमालेको ठुलो जमात छ, जसले प्रचण्डलार्ई हावी हुन दिन्छ वा दिदैन भन्ने कुरा बडो उत्सुकताको साथ हेरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : ४८ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११