मुख छोपेर सडकमा घुम्दै गर्दा भेटियो सारा र कार्तिकको जोडी « Khabarhub

मुख छोपेर सडकमा घुम्दै गर्दा भेटियो सारा र कार्तिकको जोडी


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सारा अली खान र कार्तिक आर्यनका केही तस्वीर एकाएक भाइरल भएका छन् । सामाजिक सञ्जालमा यी तस्वीर  भाइरल भएका हुन् । ती तस्वीरमा सारा र कार्तिक आफ्नो अनुहार छोपेर बाटोमा हिँडिरहेका छन् ।

कार्तिकले आफ्नो अनुहारमा रुमाल बाँधेका छन् । साराले पनि सलले आफ्नोअनुहार ढाकेकी थिइन् । तर यसरी हिँड्दा पनि फ्यानले यी दुवैलाई चिने ।

पछि फ्यानहरुले सारा र कार्तिकसँग तस्वीर खिचाए । अझ कार्तिक आर्यनसँग सेल्फी लिनलाई त युवतीहरुको भीड नै बनेको थियो । कार्तिकले आफ्ना महिला फ्यानसँग अङ्गालो हालेर तस्वीर खिचाएका थिए ।

खासमा यी दुवैजना सामान्य रुपमा घुमिरहेका थिए । उनीहरुलाई चिन्न पनि मुस्किल थियो । अझ अर्कातिर बलिउडका कलाकार सेक्युरिटीबिना खासै हिँड्दैनन् । यसरी लुकेर हिँड्दा पनि फ्यानले सारा र कार्तिकलाई चिनिहाले । त्यसपछि तस्वीर लिनेको भीड बन्यो ।

तर, सारा र कार्तिकका लागि यो पहिलो मौका भने होइन । सारा र कार्तिक पहिले पनि यसरी अनुहार लुकाएर आफ्नै तालमा हिँडिसकेका छन् । यसअघि एकपटक कार्तिक र साराले आफूहरु हिँडेको तस्वीर पनि शेयर गरेकी थिइन् । कार्तिक र साराको फिल्म ‘लभ आजकाल २’ को काम शुरु भइसकेको छ । त्यसैले पनि यी दुई प्राय: एकसाथ भेटिन्छन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया