शरीमा दुबी आएर हैरान हुनुहुन्छ ? आत्तिनु पर्दैन उपचार सम्भव छ « Khabarhub

शरीमा दुबी आएर हैरान हुनुहुन्छ ? आत्तिनु पर्दैन उपचार सम्भव छ


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मानिसको शरीरका विभिन्न भागको छालामा दुबी देखिन्छ । कसैको ओठको वरिपरी, कसैको छातीमा, कसैको हातमा पनि दुवै आएको देखिन्छ । यदी दुबी आएको छ भने बेलैमा चिकित्सकको परामर्श अनुसार औषधि गरेमा दुबी निको हुन्छ ।

दुबीकै कारण तनाव लिनु नपर्ने चिकित्सकहरु सुझाउँछन् । छाला तथा सौन्दर्य विशेषज्ञ प्राडा. धर्मेन्द्र कर्णका अनुसार सेतो दुबी हटाउन सकिँदैन भन्ने सोचाइले कतिपय युवायुवती तनावमा बस्ने गरेका छन् तर त्यसो होइन, उपचार गरे दुबी ठीक हुन्छ ।

छालामा रङ दिने कोष हुन्छ, जसलाई मेलानोसाइट भनिन्छ। मेलानोसाइटको संख्या हरेक व्यक्तिको शरीरमा बराबर हुन्छ। तर, यसले निकाल्ने रङ भने व्यक्तिपिच्छे फरक हुन्छ।  ‘शरीरमा भएको मेलानोसाइटको संख्या घट्यो वा नष्ट भयो भने वरिपरिको तन्तु सेतो हुन पुग्छ। त्यसलाई नै सेतो दुबी भन्ने गरिन्छ।

हरेक व्यक्तिको शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ। वातावरणको तापक्रम झैं रोगप्रतिरोधात्मक क्षमता पनि घटबढ भइरहन्छ। शरीरको प्रतिरोधात्मक क्षमता आवश्यक भन्दा बढी भएर छालालाई रङ दिने कोष (मेलानोसाइट) लाई नष्ट गर्न पुग्छ।

रोगविरुद्ध जाइलाग्ने रोग प्रतिरोधात्मक क्षमताले कहिलेकाहीँ आवश्यकभन्दा बढी सक्रिय कीटाणुको साटो आफ्नै शरीरका कोषलाई नष्ट गर्न थाल्छ। छालालाई रङ दिने कोषलाई नष्ट गर्दा दुबी देखिन्छ।

जुन ठाउँमा छाला चलिरहन्छ वा चोटपटक लागिरहन्छ। त्यही ठाउँमा सेतो दुबी देखा पर्छ। विशेषगरी ओठ तथा आँखाको वरिपरि, घाँटी, काखी, कम्मर, औंलाको टुप्पोलगायत ठाउँमा दुबी देखिन्छ।

सेतो दुबी फैलने र नफैलने गरी दुई किसिमको हुन्छ। फैलने खालको दुबी शरीरका विभिन्न अंगमा देखा पर्छ। नफैलने खालको दुबी एकै ठाउँमा मात्र देखा पर्छ। दुबी बढ्ने गरेको छ कि छैन ख्याल गर्नुपर्छ। बढिरहेको छ भने त्यसलाई तत्कालै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । तर, नफैलने खालको दुबी छ तत्काल आत्तिहाल्नुपर्ने अवस्था हुँदैन ।

अहिले सबै खालका दुबीको नेपालमै उपचार हुन्छ। दुबी कति भागमा फैलिएको छ र कति प्रभाव परेको छ त्यसका आधारमा उपचार शुल्क तिर्नुपर्ने हुन्छ। दुबी जति पुरानो भयो उपचारमा झन् धेरै समय लाग्ने हुन्छ ।

अनुहार, छाती, पेट, ढाडमा दुबी देखिएको छ भने चाँडै निको पार्न सकिन्छ। औंलामा छ भने समय धेरै लाग्छ। दुबी निको पार्ने उपचार पद्धति धेरै प्रकार छन्। मेडिकल र सर्जिकल गरी दुवै खालका उपचार पद्धति अपनाउन सकिन्छ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ११ : ०७ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको