राखेपको जिम्मेवारी फेरि पाउनेमा विश्वस्त छु : बिष्ट « Khabarhub

राखेपको जिम्मेवारी फेरि पाउनेमा विश्वस्त छु : बिष्ट


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् ।

उनले आइतबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै बिष्टले आईसीसीले बोर्ड बैठकमार्फत क्यान निलम्बन गर्ने बताएका हुन् ।

केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको समेत बताए ।

यस्तै, बिष्टले १३ औँ दक्षिण एसियाली खेलकूल प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रहेको दावी गरेका छन् । ‘विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर एकदेखि प्रतियोगिता हुन्छ,’ उनले भने, ‘सागका लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगिसकेका छन् ।’

डिसेम्बरमा पनि नेपालले यो प्रतियोगिता गर्न नसकेको खण्डमा आयोजनाको जिम्मेवारी नै गुमाउन सक्ने विष्टको भनाई छ । “संरचना निर्माण धमाधम भइरहेको छ । नीतिगत समस्या केही छैन । बजेटका विषयमा अध्ययन भइरहेको छ । अब डिसेम्बरमा बल, विवेक, क्षमताको प्रयोग गरेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ । हुँदैन कि भन्ने आशंका नगर्नुस” उनले भने ।

आफ्नो नियुक्ति निकै संकटग्रस्त समयमा भए पनि सफलतापूर्वक काम गरेको विष्टको दावी छ । भूकम्पपछि खेलकूद संरचना ध्वस्त भएको, राजनीतिक अस्थिरत, सबैजसो खेलकूद संघमा विवाद, बजेटको अभाव जस्ता समस्या चिर्दै आफूले कार्यकाल सफल बनाएको उनको दावी छ ।

आफ्नो कार्यकाललाई स्वर्णकाल बनाउने लक्ष्यका साथ काम शुरु गरेको बताउँदै उनले लक्षित गन्तव्य भेटाएको पनि बताए ।

इतिहासमै पहिलोपटक राखेपको तर्फबाट श्वेत पत्र जारी गरेको उल्लेख गर्दे उनले दलगत स्वार्थबाट माथि उठेर खेल क्षेत्रको स्वार्थका लागि काम गरेर चार वर्ष विताएको विष्टले बताए ।

आफ्नो कार्यकालमा खेल विश्वविद्यालय, खेल अस्पताल, वैदेशिक प्रशिक्षण, अन्तराष्ट्रिय पदक जित्नेलाई आजिवन भत्ताको व्यवस्था गरिएको विष्टले बताए ।

त्यसैगरी खेलाडिको स्वाथ्य, दुर्घटना र जीवन बीमा गर्ने प्रक्रिया शुरु गरिएको विष्टले बताए । विगतमा एक सयभन्दा कम योजना बन्ने गरेकोमा आफूले सात सयभन्दा बढि योजना बनाएर काम गरेको उनले जानकारी दिए ।

विभन्न खेलका लागि आवश्यक भौतिक संरचना बनाएको, कतिपय बन्ने क्रममा रेहको र केहीको प्रक्रिया शुरु गर्न लागिएको फेहरिस्त पनि विष्टले सार्वजनिक गरे ।
फुटबल, कराँते, कुस्ती, बक्सिङ जस्ता खेल संघमा भएको विवाद समाधान गर्नु ठूलो सफलता भएको उनको भनाई थियो । २–२ वर्षमा गर्नुपर्नेमा राष्ट्रिय खेलकूद प्रतियोगिता हुन नसकिरहेको अवस्थामा आफू नियमित गराएको जानकारी पनि विष्टले दिए ।

आफ्नो कार्यकालमा क्रिकेटले एक दिवसीय मान्यता पाएको, भलिबल, कबड्डी खेलले पहिलोपटक अन्तराष्ट्रिय पदक जित्न सफल भएकोमा आफू सन्तुष्ट भएको पनि विष्टले बताए ।

समग्रमा आफ्नो चार वर्षे कार्यकाल सफल भएको उनको दावी थियो । ‘मलाई सदस्य सचिव बनाउँदा विरोध गर्ने र मन नपराउनेले पनि अहिले मेरो प्रशंसा गर्न थालेका छन्’ विष्टले भने ।

असार ९ गतेसम्म मात्रै कार्यकाल रहेका विष्टले दोस्रो पटक पनि सदस्यसचिवको जिम्मेवारी पाउने विश्वास गरेका छन् । आफूले पहिलो कार्यकालमा गरेको कामका आधारमा पुनः जिम्मेवारी दिने वातावरण बनेको उनको जिकिर छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १२ : ५४ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय