वैदेशिक रोजगारीमा बेथिति– मौसमी र धार्मिक भिसाका नाममा मानव तस्करी | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा बेथिति– मौसमी र धार्मिक भिसाका नाममा मानव तस्करी


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विगत एक वर्षदेखि वैदेशिक रोजगारी क्षेत्र सुधार गर्न प्रयास गरिरहेको बताउँदै आएको छ ।

श्रमिक आपूर्ति गदै आएका देशसँग सरकारीस्तरमा श्रम सम्झौता गरेरमात्र कामदार रोजगारीमा पठाउने योजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लिएको छ । सोही लक्ष्यअनुसार पछिल्लो समय श्रम मन्त्रालयले रोजगारदाता देशसँग सरकारीस्तरमा श्रम सम्झौता गरिरहेको छ ।

श्रम मन्त्रालयले रोजगारी क्षेत्रका बेथिति रोक्न वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी ऐनमा रोजगारीका नाममा ठगी र मानव तस्करी गर्ने माथि कडा कानून बनाइ कारवाही गर्ने क्षेत्रधिकार पनि बढाएको छ । तर, पछिल्लो समय रोजगारीका नाममा खुलेआम मानव तस्करी र आर्थिक ठगी भइरहेको पाइएको छ । सरकारले जतिसुकै कडा कानून बनाएपनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

बुधबार फजल इन्टरनेसनल प्रालि, अल हायात म्यानेजमेन्ट प्रालि र मिता इन्टरनेसनल प्रालिले मुश्लिम हज यात्रीको भारी बोक्न ४५ दिनको रोजगारीमा पठाइदिने भन्दै मंगलबार र बुधबार एक हजारभन्दा बढी युवा जम्मा गरेर अन्तवार्ता लिइरहेको फेला परेको थियो । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको हकमा एक वर्षभन्दा कम समयका लागि श्रम स्वीकृति जारी गर्दैन ।

यी ३ वटा म्यानपावरले पूर्व श्रम स्वीकृति बिना नै अवैधरुपमा युवाहरुसँग अन्तवार्ता लिइरहेका थिए । गोप्य उजुरीका आधारमा बुधबार बत्तिसपुतलिस्थित द्वारिका होटल अगाडि रहेको अनुपम फुडल्यान्डमा अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागका कर्मचारीले छापा हानेका थिए ।

यसरी पूर्व श्रम स्वीकृति र यात्रीको भिसामा कामदार पठाउनु रोजगार ऐन अनुसार मानव तस्करी हो ।

नेपालबाट धार्मिक भिसामा जान पाइन्छ । तर, धार्मिक भिसामै रोजगारीका लागि भने जान पाउने कानूनी व्यवस्था नभएको विभागले जनाएको छ ।

हज यात्रीको नाममा उनीहरुलाई वैदेशिक रोजगारीमा लैजान अन्तर्वार्तासमेत लिएपछि यसअघि पनि ३५ देखि ४० दिनको लागि कामदार लैजाने गरेको सहज अनुमान गर्न सकिन्छ ।

पछिल्लो समय म्यानपावर कम्पनीले भने एक वर्षभन्दा कम समयका लागि एक वर्षको श्रम स्वीकृति निकालेर वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका छन् । जसका कारण विदेशमा नेपाली युवा अलपत्र पर्ने, भागेर काम गर्ने र अवैध भएर बस्ने क्रम बढेको छ । यसरी रोजगारीमा लगिएका कामदारहरुलाई २ महिनामै नेपाल फर्काइने विषय प्राय सबै म्यानपावर कम्पनीलाई जानकारी हुन्छ ।

यसैबीच मुनरिसोर्ज म्यानपावर प्रालिले युएई मौसमी काम लागि कामदार रोजगारीमा पठाइरहेको छ । उक्त म्यानपावरले युएइबाट ४ देखि ६ महिनाको डिमाण्ड ल्याएर कामदार पठाइरहेको पाइएको छ । उक्त म्यानपावरले भिसा प्रमाणिकरण र अन्तिम श्रम स्वीकृति भने एक वर्षकै लिने गरेको छ । यसरी मौसमी काममा विदेश कामदार पठाउने म्यानपावरका नाममा विभागमा उजुरी समेत पर्ने गरेको छ । मौसमी कामदार रोजगारीमा पठाउँदा राम्रो कमाइ हुने भएका कारण पनि म्यानपावर कम्पनीले झुक्याएर कामदार पठाउने गरेका छन् ।

मुस्लिमको पर्व इदका समयमा हज यात्रीको रुपमा नेपालबाट कामदार लैजाने गरेको एक म्यानपावर व्यवसायीले बताएका छन् । धार्मिक, मौसमी काम, कार्यक्रम र भिजिट भिसामा नेपाली युवा म्यानपावर र एजेन्टले विदेश पठाउदै आएको ती म्यानपावर व्यवयासीले जानकारी दिए । यस्तो विषय बाहिर आए पनि राजनीतिक शाक्ति र श्रम कार्यलयका कर्मचारीले भित्रभित्रै मिलाउने गरेका ती म्यानपावर व्यवसायीको भनाइ छ ।

म्यानपावर र एजेन्टले रोजगारीको बहानामा खुलेआम आर्थिक शोषण र मानव तस्करी गरिरहेका छन् । सरकारले अवैध भनिएका एजेन्टले नै कामदार बटुलेर म्यानपावर सम्म पु¥याउने गरेका छन् ।

सरकारले वैदेशिक रोजगारी क्षेत्रका बेथिति रोक्न प्रयास र सवै तिर सूचना सम्प्रेक्षण गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुषालले बताए । रोजगारीको खोजीमा रहेका कामदारलाई विदेश जानुअघि सरकारले तोकेभन्दा बढी शुल्क नतिर्नु भनेर सूचना दिएपनि वास्ता नगर्ने गरेको महानिर्देशक डा.भुषालको भनाइ छ ।

समस्यामा परेपछि विभागमा हारगुहार माग्न आउने गरेको र सुरुमा जति पनि पैसा तिर्ने तयार हुने श्रमिकमा समस्या रहेको उनी बताउँछन् ।

यसरी रोजगारी र अन्य बाहानामा भइरहेको मानव तस्करीले सरकारलाई चुनौती दिइरहेको छ । यो विषयमा सम्बन्धी निकाय भने मौन देखिन्छ । सरकारले रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्न समयमै चासो नदिए भविष्यमा यसले ठूलो रुप लिने वैदेशिक रोजगार विज्ञ मधुविशाल पण्डित बताउँछन् ।

अनुगमनमा खटिएका कर्मचारीलाई टेर्दैनन् म्यानवार व्यवसायी

अनुगमनका लागि खटिएको विभागको टोलीलाई म्यानपावर कम्पनीले नटेर्ने गरेको पाइएको छ । विभागका कर्मचारी म्यानपावर अथवा म्यानपावर कम्पनीले लिइरहेको अन्तर्वार्तास्थलमा अनुगमनका लागि पुग्दा व्यवसायीले वास्तविक प्रमाण देखाउँदैनन् । विभागले गत वैशाख यता दर्जनभन्दा धेरै म्यानपावर कम्पनीमा छापा हानेको छ ।

तर, कतिपय म्यानपावरमा छापा मार्ने विभागको टोली पुग्दा म्यापावर सञ्चालकले कार्यलय थुनेर भाग्ने गरेको विभागका एक कर्मचारी बताउँछन् । अनुगमनका लागि खाटिएको विभागको टोलीलाई म्यानपावर कम्पनीले सरकारी कर्मचारी जस्तो पनि नगर्ने गरेको उनको गुनासो छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  २ : ५७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र