इथियोपियाका प्रधानसेनापतिको ज्यान लिए उनकै अंगरक्षकले « Khabarhub

इथियोपियाका प्रधानसेनापतिको ज्यान लिए उनकै अंगरक्षकले


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियाका प्रधानसेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले ज्यान लिएका छन् ।

राजधानी अदिस अबाबामा अंगरक्षकले नै प्रधानसेनापतिको गोली हानी हत्या गरेको एक टेलिभिजनमार्फन इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले पुष्टि गरेका हुन् । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको पनि हत्या भएको बताइएको छ ।

संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ । घटनापछि इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रोह असंवैधानिक रहेको शान्ति व्यवस्था खल्बल्याउन खोजिएको उल्लेख छ । मुलुकका नौ वटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो क्षेत्र हो । यसको सीमा सुडानसँग जोडिएको छ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ५८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं