तापक्रम बृद्धिसँगै तराईमा सर्पको बिगबिगी सर्पदंशका बिरामी बढे « Khabarhub

तापक्रम बृद्धिसँगै तराईमा सर्पको बिगबिगी सर्पदंशका बिरामी बढे


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी बढे संगै तराई–मधेसका जिल्लामा सर्पको बिगबिगी बढेको छ ।

तराईका जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरभित्र समेत पस्न थालेपछि सर्पदंशका विरामी पनि ह्वात्तै बढेका छन् ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दैनिक कम्तिमा १० जना सर्पले टोकेका विरामी उपचारका लागि पुग्ने गरेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पर्सा ,बारा, रौतहट लगायतका जिल्लाबाट उपचारका लागि विरामीहरु आउने गरेको अस्पतालले जनाएको छ । सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेको अस्पतालका इमरजेन्सी इन्चार्ज डाक्टर सुनिल कुमार द्वीवेदीले बताए ।

सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामी बाहेक अन्य उपचारपछि सकुशल घर फर्किने गरेका छन् । विषालु सर्पले टोकेकालाई भने लामो समय अस्पतालमा राख्ने गरिएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ०४ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण