दीगो लक्ष्य हासिल गर्न ऋण लिँदा डराउनु पर्दैनः अर्थमन्त्री खतिवडा « Khabarhub

दीगो लक्ष्य हासिल गर्न ऋण लिँदा डराउनु पर्दैनः अर्थमन्त्री खतिवडा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न ऋण लिएर भएपनि बार्षिक बजेटको आकार बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले दिगो विकासको लक्ष्य हासिल गर्न कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत भन्दा धेरै लगानी गर्नुपर्ने भएकाले पनि ऋण लिएर भएपनि बार्षिक बजेटको आकार बढाउनुपर्ने बताएका हुन् ।

वैदेशिक सहायतामा अनुदानको भन्दा ऋणको अंश बढ्दै गएका कारण पनि दिगो विकास लक्ष्य हासिल गर्न ऋण लिनुपर्ने बाध्यता भएको उनले स्पष्ट पारे । सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न सुरुका दिनमा कुल गार्हस्थ उत्पादनको ५५ प्रतिशत सम्म लगानी आवश्यक पर्ने भन्दै उनले ऋण तिर्ने क्षमता विकास गर्दै राष्ट्रिय प्राथमिकताको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।

सरकारले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य लिएको छ । त्यसका लागि बार्षिक औसतमा २० खर्ब २५ अर्ब रुपैयाँ लगानी आवश्यक रहेको अध्ययन प्रतिवेदनले नै देखाएको छ । दातृ निकाय र संस्थाहरुबाट गत आर्थिक बर्ष करिब १ अर्व ६२ करोड २८ लाख अमेरिकी डलर सहायता परिचालन भएको छ ।

वैदेशिक सहायतामा ऋण ५० दशमलव ५ प्रतिशत, अनुदान ३७ दशमलव १ प्रतिशत र प्राविधिक सहायताको अंश १४ दशमलव ४ प्रतिशत रहेको छ । यसबाट पनि दातृ निकाय र संस्थाले सहायता परिचालनमा अनुदानको भन्दा ऋण अंश बढाउदै लगेको देख्न सकिन्छ । अर्थमन्त्री खतिवडाले मुलुकको ऋण लिने र तिर्ने क्षमता बढ्दै गएको पनि बताउ ।

उनले १० बर्ष अगाडि राजश्व कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत रहेकोमा अहिले २५ प्रतिशत भन्दा बढी रहेको उल्लेख गर्दै ऋणको पासोमा नपरोस् भन्ने चिन्ता भएपनि विकास गर्न ऋण लिन डराउन नहुने बताए । सरकारले आगामि आर्थिक बर्षमा दातृ निकाय र संस्थाहरुलाई करिब ६६ अर्ब ऋण तिर्ने घोेषणा गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ६ : ५० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी