वर्षाले बाँकेका सयौँ घर डुबानमा, सतर्कता अपनाउन अपिल « Khabarhub

वर्षाले बाँकेका सयौँ घर डुबानमा, सतर्कता अपनाउन अपिल


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै आएको बाढीले सयौं घर डुबानमा परेपछि राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले आइतबार एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको छ । राष्ट्रिय आपत्तकालीन उद्धार केन्द्रले उपमहानगरका होचा स्थानहरुमा पनि डुबान हुनसक्नेतर्फ सचेत गराएको छ । लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको उद्धार केन्द्रले जनाएको छ ।

यसैबीच, वर्षासँगैको बाढीले नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।  सयभन्दा बढी घर डुबेका र झण्डै एक दर्जन घर भत्किएका अध्यक्ष शाहले जानकारी दिए ।

निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पु¥याएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको उनले बताए । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

घरहरुमा पानी पसेपछि गाउँपालिकाका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

नेपालगञ्जमा १०० दशमलव दुई मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिए । अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरवारीटोल, गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्र डुबानमा छन् ।

डुबान भएका स्थानमा पानीको बहाब खोल्न महानगरका कर्मचारी स्काभेटरसहित तैनाथ छन् । नेपालगञ्जलाई डुबानमुक्त बनाउन यो वर्ष अधिकांश सडक र नाली निर्माण गरिएपनि समस्या भने कायमै रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ८ : ५४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल