मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास आवश्यकः अध्यक्ष प्रचण्ड « Khabarhub

मुलुकको समृद्धिका लागि खेलकुद क्षेत्रको विकास आवश्यकः अध्यक्ष प्रचण्ड


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकासले मात्रै मुलुकमा समृद्धि सम्भव हुने बताएका छन् । भरतपुरमा जारी पाँचौँ ‘हानामी चितवन च्याम्पियनशिप’को समापन गर्दै पूर्वप्रधानमन्त्री दाहालले अन्य देशको विकास खेलका माध्यमले भएको उल्लेख गरे ।

उनले नेपालमा पनि खेल क्षेत्रलाई सबैले प्राथमिकतामा राख्नुपर्ने बताए । खेल क्षेत्र राष्ट्रिय एकता, राष्ट्रिय अनुशासन, सभ्यता र पहिचानको आधार रहेकाले खेलकै कारण विश्वमा पहिचान रहने तथा आर्थिक रुपमा समृद्धि हाँसिल गर्न सहज हुने अध्यक्ष दाहालको भनाइ थियो । उनले निजी क्षेत्रबाट सञ्चालन हुने प्रतियोगितालाई राज्यले सहयोग गर्ने बताए ।

यसैबीच भरतपुरमा जारी पाँचौँ हानामी चितवन च्याम्पियनशिपको उपाधि अभिशेक चर्च रजहरले जितेको छ । रजहरले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरलाई २–१ गोलले हराउँदै उपाधिसँगै रु तीन लाख पुरस्कार जितेको छ ।

उप–विजेता शिक्षालयले रु एक लाख ५० हजार तथा तृतीय भएको जु फुटबल क्लब जुगेडीले रु ५० हजार पुरस्कार जितेको छ ।प्रतियोगिताको उत्कृष्ट खेलाडी अभिषेक चर्चका अजित गुरुङ घोषित भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरे । अभिषेक चर्चकै एनिक सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर ६ गोल गरे ।

जुनियर प्रहरी अधिकृत शिक्षालयका सञ्जित श्रेष्ठ उत्कृष्ट गोल रक्षक, अभिषेक चर्चका मानबहादुर तामाङ उत्कृष्ट डिफेन्डर तथा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रताप गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गरे । गत जेठ २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  १० : १३ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी