बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा « Khabarhub

बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

कोरियाले जित निकाल्न अतिरिक्त समयमा गरेको गोल नै निर्णायक भएको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय थपिएको थियो । जसमा १०७ औं मिनेटमा किम जीन सुले गरेको गोलले नै कोरियालाई पुर्याउन पर्याप्त भयो ।

निर्धारित समयको ह्वाङ ही चानले ४३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एक गोलले पछि परेको बहराईनले ७७औं मिनेटमा बराबरी गोल गरेको थियो । बहराइनका मोहम्द अल रोमाहीले बराबरी गोल गरेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ७ : २९ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच