साढे १ महिनामा १ खर्ब ९४ एप्लिकेशन डाउनलोड « Khabarhub

साढे १ महिनामा १ खर्ब ९४ एप्लिकेशन डाउनलोड


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । मोबाइल प्रयोगकर्ता बढेसँगै मोबाइल एप्लिकेशन डाउनलोडको संख्या पनि बढेको छ । एक अध्ययनले सन् २०१८ मा विश्वभर मोबाइल १ खर्ब ९४ एप्लिकेशन डाउनलोड भएको देखाएको छ । सो अवधिमा उनीहरु औसत दैनिक ३ घण्टा मोबाइलमा बिताउने गरेका छन् ।

मोबाइल तथ्यांक तथा विश्लेषण सेवाप्रदायक एप एन्नीले आफ्नो ‘द स्टेट अफ मोबाइल २०१९’ प्रतिवेदनमा गतवर्ष एपमा मानिसहरूले १ खर्ब १ अर्ब डलर खर्च गरेर एप डाउनलोड गरेको उल्लेख छ । यसको करीब ४० प्रतिशत रकम चिनियाँ प्रयोगकर्ताले खर्च गरेका थिए । यसमध्ये धेरैजसो मोबाइल गेमिङ एप थिए ।

विश्वका प्रमुख ३ सय प्रविधि कम्पनीमध्ये चिनियाँ कम्पनीमा ३२ प्रतिशत उपभोक्ताले खर्च गरेका थिए । उनीहरूले करीब १९ अर्ब ६० करोड आम्दानी गरेका थिए । अमेरिकी कम्पनीले भने उपभोक्ता खर्चको २२ प्रतिशत भाग ओगटेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ९ : ३६ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति