मध्य तथा सुदूर पश्चिममा भारी हिमपात « Khabarhub

मध्य तथा सुदूर पश्चिममा भारी हिमपात


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली । सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो ।

दार्चुलाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । सोमबार दिनभर घाम लागे पनि मध्यरातिदेखि एकाएक मौसम बदली भएर हिमपात भएको हो । हिमपातपछि बढेको चिसोका कारण सदरमुकाम खंलगाका पसल फाट्टफुट्ट मात्रै खुलेका छन् भने स्थानीयहरु घरबाहिर निस्कन सकिरहेका छैनन् ।

हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म जिल्लाका उच्च भूभागमा तीनपटक हिमपात भएको छ । पुसमा मात्र जिल्लाका उच्च क्षेत्रमा दुई पटक हिमपात भएको थियो। यो समाचार आजको नागरिकबाट लिएको हो ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ९ : ४० बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति