युट्युबले ल्यायो गीतमात्र सुन्न पाइने नयाँ फिचर « Khabarhub

युट्युबले ल्यायो गीतमात्र सुन्न पाइने नयाँ फिचर


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  भिडियो सेयरिङ कम्पनी युट्युबले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । नयाँ–नयाँ फिचर थप्ने क्रममा युट्युबले पछिल्लो समय भने कम डाटा खर्च गरे गीत सुन्न तथा हेर्न सकिने फिचर ल्याएको हो ।

यो नयाँ फिचरका कारण अब युट्युबको गीत स्ट्रिमिङ्ग हुने प्लाटर्फम युट्युब म्युजिकमा कम डाटा खर्च गरी गीत सुन्न तथा हेर्न सकिनेछ । यद्यपि यो फिचर अलिेलाई केवल प्रिमियम प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ ।

यो नयाँ फिचर अनुसार अब युट्युब म्युजिकको प्रियिम सेवाका प्रयोगकर्ताले युट्युबमा कुनैपनि गीतको भिडियो हेर्ने कि गीतमात्रै सुन्ने भन्ने कुरा रोज्न पाउनेछन् ।

कमजोर वाइफाइ तथा मोबाइल इन्टरनेट नेटवर्क भई युट्युबमा भिडियो खुल्न कठिनाई झेल्नुपर्ने अवस्थामा समेत यो फिचरले निक्कै काम दिनेछ । किनकी अब गीतमात्र सुन्नका लागि युट्युबमा भिडियो चलाउनु पर्नेछैन । भिडियो हेर्ने कि गीतमात्र सुन्ने भन्ने कुरा चाहेको बेला प्रयोगकर्ताले रोज्न सक्नेछन् । यसो गर्दा डाटा पनि कम खपत हुनेछ ।

जुनबेला युट्युब म्युजिक लञ्च भयो त्यहीँबेला देखि नै प्रयोगकर्ताहरुले यसमा भिडियो मात्र नभइ अडियो मात्रै सुन्न पाउने फिचर थप गर्न माग गर्दै आएका थिए । प्रयोगकर्ताको यहीँ मागलाई ध्यानमा राख्दै युट्युबले यो फिचर ल्याएको हो ।

यो फिचर जारी भएसँगै अब म्युजिक प्लेयरमा माथिपट्टी एक बटन उपलब्ध छ । त्यसमा क्लिक गरेर बजिरहेको गीतको अडियो मात्र सुन्ने कि भिडियो पनि हेर्ने भन्ने कुरा रोज्न सकिन्छ र आफुलाई मन लागेको बेला अडियो वा भिडियो फम्र्याटमा परिवर्तन गर्न सकिनेछ । यो फिचरको सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसले गीतलाई रियल टाइममा स्विच गर्दछ ।

५० लाख गीत समावेश

युट्युबका अनुसार उसले अहिलेसम्म आफ्नो आधिकारिक म्युजिक एपमा ५० लाख गीतलाई समायोजन गरिसकेको छ । आगामी दिनमा छिट्टै नै बढि भन्दा बढि गीतलाई यो नयाँ फिचरमा समायोजन गरिने उसले जनाएको छ ।

यसरी प्रयोग गर्ने

युट्युब प्रिमियम तथा युट्युब म्युजिकको प्रिमियम प्रयोगकर्ताले म्युजिक एपका लागि ल्याइएको यो नयाँ फिचर प्रयोग गर्न सक्नेछन् ।
केही समयमै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउने युट्युबले जनाएको छ । यो फिचरको मज्जा लिनका लागि तपाईंको एन्ड्रोइड वा आइओएस डिभाइसमा युट्युब म्युजिक एपको लेटेस्ट भर्सन अपडेट हुनुपर्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १ : ५७ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ