म्याग्दीमा विप्लव नेकपाका दुई नेता पक्राउ « Khabarhub

म्याग्दीमा विप्लव नेकपाका दुई नेता पक्राउ


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता पक्राउ परेका छन् ।

प्रहरीले म्याग्दी जिल्ला इञ्चार्ज र सेक्रेटरीलाई पक्राउ गरेको हो । जिल्ला इञ्चार्ज नकाल क्षेत्री (विकिरण) र सेक्रेटरी बाबुलाल शाक्यलाई बेनी नगरपालिका–३ नयाँपुलबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी जनाएको छ ।

प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासीनीले विशेष सुराकीको आधारमा ग्रामिण क्षेत्रतर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । ४२ वर्षीय क्षेत्री रुकुमको सानीभेरी गाउँपालिका–२ र ४८ वर्षीय शाक्य बागलुङ नगरपालिका–३ का हुन् ।

उनीहरुले प्रयोग गरेको ध १ प २१७० न.को मोटरसाईकल र तीन थान मोवाइल सेट बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि स्थानीय तहका पदाधीकारी, ब्यापारी तथा कर्मचारीहरुलाई धम्काई जवरजस्ति चन्दा असुलि गरेको, २०७५ फागुन ११ गते म्याग्दीमा रहेका ५ वटा एनसेलको टावरमा आगजनी गराएको आरोप छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ९ : ५७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको