विमानस्थलमा कार्यरत प्रहरीलाई चिनियाँ र फेन्च भाषाको तालिम | Khabarhub Khabarhub

विमानस्थलमा कार्यरत प्रहरीलाई चिनियाँ र फेन्च भाषाको तालिम


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई चिनियाँ र फेन्च भाषाको तालिम दिइएको छ ।

विमानस्थलमा सुरक्षार्थ खटिएका केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी र पर्यटक प्रहरीलगायत प्रहरी कर्मचारीलाई चिनियाँ र फेन्च भाषाको तालिम दिइएको हो ।

नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आयोजना गरेको तालिममा प्रहरी कर्मचारीलाई चिनियाँ र फेन्च भाषाको प्रारम्भिक ज्ञान प्रदान गरिएको जनाइएको छ ।

तालिम साउन ६ र ७ गते गरी २ दिन चलेको हो । तालिममा नेपाल भ्रमणमा आउने चिनियाँ तथा फेन्च भाषी पर्यटक पर्नसक्ने सम्भावित समस्या र त्यसको समाधानका लागि प्रहरी कर्मचारीले गर्न सक्ने सहयोगका बारेमा समेत प्रशिक्षण दिइएको जनाइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालित तालिम कार्यक्रममा सेवाग्राही (यात्रु) समक्ष सम्भ, सिष्ट र नम्र व्यवहार प्रस्तुत गर्ने विषयमा पनि प्रशिक्षण दिइएको विमानस्थ सुरक्षा कार्यालयले जनाएको छ ।

तालिम कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको चिनियाँ विभागका विष्णु कुमार थापा, चाइनिज नेपाली ट्रेडिसनल चाइजिन मेडिसिन हस्पिटलका डा. प्रज्वल पापकोटा र सिर्जना रिमाल, सुरक्षा सेवा (फ्रेन्च भाषा) निर्देशनालयका प्रहरी नायव निरीक्षक प्रकाश शाक्य र विमानस्थलमा रहेको पर्यटक प्रहरीकी प्रहरी नायव निरीक्षक चित्रकला थापाले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १० : ५६ बजे

सुरक्षा कमाण्ड सेनाको हातमा, १० बजेबाट परिचालन

काठमाडौँ – नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज

सबै आन्दोलन बन्द गरी वार्तामा आउन प्रधान सेनापतिको आग्रह

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले आन्दोलनकारीलाई सम्पूर्ण आन्दोलन बन्द

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा