२ दिन नेपाल बसेर फर्किए ‘रअ’ प्रमुख गोयल « Khabarhub

२ दिन नेपाल बसेर फर्किए ‘रअ’ प्रमुख गोयल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकस्मिक रुपमा नेपालमा आएका भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल २ दिन नेपाल बसेर फर्किएका छन् ।

गोयल नेतृत्वको ५ सदस्यीय टोली आइतवार काठमाडौंमा आएको थियो । रअ प्रमुख गोयल नेतृत्वको टोली नेपाल बसाई पाँच दिनभन्दा लामो हुने बताइए पनि बसाई छोट्याएर फर्किको उच्च सुरक्षा स्रोतले बतायो । रअको टोली बौद्धस्थित हायात होटलमा बसेको थियो ।

गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए ।

भ्रमण टोलीमा रअको राजनीतिक ब्यूरो हेर्ने पदाधिकारीसमेत सहभागी थिए। उनीहरुले नेपालमा रहँदा उच्च राजनीतिक भेटघाट गरेको बताइएको छ ।  भारतीय प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले दोस्रो पटक सत्ता सम्हालेपछि रअका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो ।

मोदीले नेपाल भ्रमण गर्ने विषय चर्चामा रहेको बेला रअका प्रमुखको नेपाल भ्रमणलाई अर्थ पूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै