नेपाली महिला सांसदसँग भारतीय राजदूतको सामूहिक छलफल « Khabarhub

नेपाली महिला सांसदसँग भारतीय राजदूतको सामूहिक छलफल


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले नेपाली महिलाको क्षमता विकास र सशक्तिकरणका लागि महिला संसादसँग छलफल गरेका छन्। उनले सत्तारुढ दल तथा प्रतिपक्षी दलका महिला सांसदलाई बोलाएर नेपाली महिलाको सशक्तिकरणका विषयमा छलफल गरेका थिए ।

नेपालका महिला सांसदसँग सामूहिक तस्वीर खिचाउँदै भारतीय राजदूत पुरीले नेपाली महिलाको सशक्तिकरणका विषयमा छलफल गरिएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा नेपाली सांसदसँगको सामूहिक तस्वीर राख्दै ‘नेपालका केही महिला सांसदसँग राजनीतिमा महिला सशक्तीकरणको विषयमा छलफल गर्न पाउँदा हर्षित छु,’ लेखेका छन् ।
हेर्नुहोस राजदूत पुरीको ट्वीट

राजदूत पूरीले सोमबार भारतीय दूतावासमा आमन्त्रण गरेर सांसदसँग छलफल गरेका हुन् । छलफल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको सहभागिता थियो।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ११ : ४२ बजे

फागुपर्व औपचारिक रुपमा सुरु, बसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं– काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । मङ्गलबार बिहान

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी– यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि भर्ना

पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

कर्णाली– यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर