पार्टी एकताको काम लभगग सकियो, औपचारिकता दिन मात्रै बाँकी छ– प्रचण्ड « Khabarhub

पार्टी एकताको काम लभगग सकियो, औपचारिकता दिन मात्रै बाँकी छ– प्रचण्ड


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताको काम लगभग टुंगिसकेको बताएका छन् ।

एकताको कामले पूर्णता पाइसकेको उल्लेख गरेका प्रचण्डले त्यसलाई औपचारिकता दिने काम मात्रै बाँकी रहेको बताए ।

‘पार्टी एकताको काम प्रक्रिया अब करिब करिब निष्कर्शमा पुगि नै सक्यो । एक–दुई’टा विषयमा औपचारिकता दिन मात्रै बाँकी छ । केही दिन भित्रै हामी सबै कुरा टुंग्याउँछौं,’ ४१ औं पुष्पलाल स्मृति दिवसको अवसमार मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘यहि श्रावण महिनाभित्रै पार्टी एकताका रहे–पहेका काम पनि टुंग्याउने र स्थायी र केन्द्रीय कमिटीको बैठक पनि बस्ने हाम्रो लक्ष्य छ ।’

अध्यक्ष प्रचण्डले श्रावण महिनाभित्रै बस्ने केन्द्रीय कमिटीको बैठकबाट देशव्यापी अभियानमा जाने सम्बन्धमा निर्णय हुने पनि बताए ।

पार्टी एकता प्रक्रिया लम्बिएर देशभरका नेता कार्यकर्ताले जिम्मेवारी नपाएको भन्ने गुनासो देशव्यापी अभियानका क्रममा सम्बोधन हुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : ०० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस