पूर्व गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउँदै गृह मन्त्रालय « Khabarhub

पूर्व गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउँदै गृह मन्त्रालय


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले पूर्व गृहमन्त्रीका लागि खटाएका सुरक्षाकर्मी फिर्ता बोलाउने भएको छ ।

सुरक्षा खतरा मूल्याङ्कन गरी सुरक्षा खतरा नभएका पूर्व गृहमन्त्रीसँग रहेका फिर्ता बोलाइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए ।

मंगलबार गृह मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहसचिव राईले सबै पूर्व गृहमन्त्रीको सुरक्षामा खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी फिर्ता बोलाउने तयारी भएको जानकारी दिए ।

विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई आवश्यक मूल्याङ्कनका आधारमा अहिले पनि फिर्ता बोलाउने काम जारी रहेको र यो कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने राईको भनाइ छ ।

केही पूर्वगृहमन्त्रीलाई सुरक्षा चुनौती नरहेको अवस्थामा पनि सुरक्षाकर्मी परिचालन उल्लेख गर्दै गृहसचिव राईले सुरक्षा चुनौती नभएका विशिष्ट व्यक्ति र पूर्वगृहमन्त्रीसँग रहेका सुरक्षाकर्मी फिर्ता बोलाउनेबारे मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  १२ : २७ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ