साउन महिना, राति शिवलिङ्ग छेऊ दियो बाले हुनेछ फलिफाप « Khabarhub

साउन महिना, राति शिवलिङ्ग छेऊ दियो बाले हुनेछ फलिफाप


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

अहिले साउन महिना चलिरहेको छ । सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्रअनुसार भगवान शिवको महिना र बार हो । त्यसैले साउन महिना र सोमबार भगवान शिवको पूजा, आराधनाका लागि उत्तम समय मानिन्छ ।

त्यसैले यो महिनामा भगवान शिवको पूजा, आराधना गरेमा अक्षय पूण्य प्राप्त हुनेछ । शिवपुराण भगवान शिव र सृष्टिको निर्माणमा आधारित छ । यस पुराणमा शिव पूजाको थुप्रै विधिविधान उल्लेख गरिएको छ । यस धार्मिक ग्रन्थअनुसार राति शिवलिङ्ग छेऊ दियो बाल्नु राम्रो हुने छ । यसको पनि पूजाको एक विधि रहेको छ ।

पूजा विधिसँग जोडिएको एक कथा

शिवपुराणमा बताईए अनुसार प्राचिनकालमा गुणनिधि नामका एक व्यक्ति अत्यन्तै गरीब थिए । उनी आफ्नो र परिवारको लागि खानाको खोजीमा थिए । यसरी खाना खोज्दै जाँदा रात पर्‍यो । यही क्रममा उनी एक शिव मन्दिरमा पुगे ।

गुणनिधिले उक्त रात त्यही शिव मन्दिरमा विश्राम गर्ने सोच बनाए । रातिको समयमा त्यहाँ अत्यधिक अध्याँरो छायो । त्यो अध्याँरोमा गुणनिधिले उज्यालोका लागि आफुले लगाएको कमिज फुकालेर बालिदिए ।

रातको समयमा भगवान शिवलिङ्गमा प्रकाश अर्थात उज्यालो पारेका कारण त्यसको प्रतिफलस्वरुप उक्त व्यक्तिले अर्को जन्ममा देवताहरुको कोषाध्यक्ष कुबेर देवको पद प्राप्त गरे ।

यस कथाअनुसार रातको समयमा शिव मन्दिरलाई उज्यालो बनाउन दियो बाल्नु पर्दछ ।

दियो बाल्दा ऊँ नमः शिवाय मन्त्र उच्चारण गरी जाप गर्नुपर्दछ । मन्त्र जाप कम्तिमा १०८ पटक गर्नुपर्दछ । जाप गर्दा रुद्राक्षको माला उपयोग गर्नुपर्दछ । मन्त्र जाप गरिरहेको समयमा भने दियो बाल्नु पर्दैन ।

साउन महिनाभर हरेक दिन बिहान तामाको लोटाबाट शिवलिङ्गमा जल चढाउनु पर्दछ । जल चढाउँदा ऊँ सांब सदा शिवाय नमः मन्त्र जाप कम्तिमा १०८ पटक गर्नुपर्दछ ।

यसका साथै बेल पत्र र मिठाई पनि चढाएमा लाभ मिल्ने छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ३ : १३ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको