सरकारले सहुलियत दिएपछि इन्टरनेटको मूल्य यथावत « Khabarhub

सरकारले सहुलियत दिएपछि इन्टरनेटको मूल्य यथावत


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सहुलियत दिने भएपछि इन्टनेरट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य नबढाउने भएका छन् । तारबाट चल्ने इन्टरनेटमा विभिन्न सहुलियत दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेसँगै इन्टरनेटको मूल्य नबढ्ने भएको हो ।

मन्त्रिपरिषद्ले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्चमा सहयोग गर्ने भएपछि इन्टरनेटको मूल्य नबढ्ने भएको इन्टरनेट व्यवसायीले जनाएका छन् । यस अघि उनीहरूले साउन १ देखि मूल्य बढाउने घोषणा गरेका थिए ।

सरकारले लगाएको थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्कमा सरकारले ५० प्रतिशत र व्यवसायीले ५० प्रतिशत व्यहोर्ने गरी नियमावली संसोधन भएकाले अब इन्टरनेटको शुल्क वृद्धि नहुने इन्टरनेट सेवा प्रदायक संघ (आईएसपिएन) का अध्यक्ष भोजराज भट्टले जानकारी दिए । ‘गत वर्षदेखि अड्किएको नियमावली संसोधन भएको छ, अब इन्टरनेटको मूल्य बढ्दैन,’ अध्यक्ष भट्टले भने ।

गत आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारले नियम ल्याएपछि १३ प्रतिशत कर उपभोक्ताको बिलमा थप्ने तयारी सेवा प्रदायकले गरेका थिए ।

सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटरलगायतका उपकरण, इन्ट्रानेट–लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट दिने निर्णय गरेको हो ।

इन्टरनेट सेवाप्रदायकहरूले उपभोक्ताबाट मर्मतसम्भार शुल्क बापत महिनामा पाँच सय रुपैयाँ बढी लिने गरेका छन् । त्यस्तै शुरूमा राखिने राउटर तथा लिज शुल्कलाई पनि आयभन्दा फरक राखी दूरसञ्चार सेवा शुल्क लाग्ने गरेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ५२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६