बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा बोरिस जोनसनले मारे बाजी « Khabarhub

बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा बोरिस जोनसनले मारे बाजी


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बोरिस जोनसन बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । कन्जर्भेटिभ दलले प्रधानमन्त्री टेरिजा मेको उत्तराधिकारीका रूपमा बोरिस जोनसनलाई चुनेसँगै बेलायतको नयाँ प्रधानमन्त्रीको टुंगो लागेको हो ।

उनले दलभित्रको नेताका लागि भएको मतदानमा जेरेमी हन्टलाई पराजित गरेका हुन् । विदेश मन्त्रीसमेत रहेका हन्टलाई जोन्सनले हराएका हुन् । जोन्सनले ९२ हजार १५३ मत पाउँदा हन्टले भने ४६ हजार ६५६ मत पाए । दलका लगभग एक लाख ६० हजार सदस्यले मतदान गरेका थिए ।

जोन्सनले नयाँ प्रधानमन्त्रीकारुपमा बुधबार पद सम्हाल्ने बीबीसीले जनाएको छ । ‘ब्रेक्जिट’सम्बन्धी नीतिमा पटक–पटक बिफल भएपछि वर्तमान प्रधानमन्त्री टेरिजा मेले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जोनसनले पार्टीपंक्तिलाई सम्बोधन गरेका थिए । बुधवार उनले टेरिजा मेको उत्तराधिकारीका रूपमा बेलायतको नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण गर्नेछन् ।

अर्थमन्त्री फिलिप ह्यामन्ड र कानूनमन्त्री डेविड गेउकले जोनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने बताएका थिए । जोनसनको सम्भावित जीतलाई ध्यान दिँदै विरोधमा विदेश मन्त्रालयका मन्त्री सर एलन डन्कनले पहिले नै राजीनामा दिएका थिए ।

दलका वरिष्ठ नेताहरूले लण्डनका पूर्वमेयर बोरिस जोनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताए पछि उनी शुरूदेखि नै जीतको दाबेदार देखिएका थिए ।

बेलायत युरोपेली सङ्घबाट बाहिरिने नीतिमा आफ्नै दलका सांसदहरूको विरोध खेपेकी प्रधानमन्त्री टेरिजा मेले संसद्मा बुधवार हुने प्रश्नोत्तरमा सहभागी भएपछि महारानी एलिजावेथ समक्ष आफ्नो राजीनामा प्रस्तुत गर्नेछिन् ।

उनको उत्तराधिकारीले त्यसको केही समयपछि नै महारानीसँग भेटेर कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ६ : ३९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग

भारतको उत्तराखण्डमा गुट्खा र पान मसला बेच्न एक वर्षको प्रतिबन्ध

काठमाडौं- नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यले जनस्वास्थ्यलाई मध्यनजर गर्दै