महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासंघको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलंका र म्यानमा सहभागी हुनेछन् । दक्षिण एसियाली फुटबल प्रतियोगिता र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले उक्त प्रतियोगितालाई तयारीका रुपमा लिएको छ।

साफमा अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल आफ्नै घरमा आयोजना हुने प्रतियोगिता जित्ने लक्ष्यका साथ पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेको छ।

यसैबीच साफअघि नेपालले थाइल्यान्डमा समेत मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार थाइल्याण्ड फुटबल संघसँग मैत्रीपूर्ण खेलका लागि वार्ता भइरहेको छ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ११ : १० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।