महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने | Khabarhub Khabarhub

महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासंघको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलंका र म्यानमा सहभागी हुनेछन् । दक्षिण एसियाली फुटबल प्रतियोगिता र ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले उक्त प्रतियोगितालाई तयारीका रुपमा लिएको छ।

साफमा अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल आफ्नै घरमा आयोजना हुने प्रतियोगिता जित्ने लक्ष्यका साथ पूर्व राष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा रहेको छ।

यसैबीच साफअघि नेपालले थाइल्यान्डमा समेत मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ। एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार थाइल्याण्ड फुटबल संघसँग मैत्रीपूर्ण खेलका लागि वार्ता भइरहेको छ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ११ : १० बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक