उल्भ्सले टोरिनोलाई ३-२ ले हरायो « Khabarhub

उल्भ्सले टोरिनोलाई ३-२ ले हरायो


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा उल्भ्सले टोरिनालाई पराजित गरेको छ । यो जीत सँगै उल्भ्स युरोपा लिग छनोटको नजिक पुगेको छ । प्लेअफ अन्तर्गत पहिलो लेगको खेलमा ईटालियन क्लब टोरिनोमाथि ३-२ को जित निकाल्दै उल्भ्स छनोट नजिक पुगेको हो ।

खेलमा अग्रता उल्भ्सले ४३ औ मिनेटमा सिल्भा नासिमेन्टोको आत्मघाति गोलबाट लिएको थियो । डियोगो जोटाले ५९ औ मिनेटमा गोल गर्दै उल्भ्सको अग्रता दोब्बर बनाउने काम गरे ।

६१ औ मिनेटमा लोरेन्जो डी सिल्वेस्ट्रीले गोल गर्दै घरेलु टोली टोरिनोलाई खेलमा फर्काउने कोशिश गरे । तर ७२ औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै पाहुना टोलीलाई ३-१ को स्थितीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ एन्ड्रिया बेलोटीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको हार अन्तर घटाउने काम गरे ।

दोस्रो लेगको खेल अगष्ट २९ मा हुनेछ । विजेता टोली युरोपा लिगमा छनोट हुनेछ ।

दोस्रो लेगको खेलमा हारलाई हार्न सके वा एक गोलले मात्र खेल गुमाएको अवस्थामा उल्भ्स १९८०-८१ प्छि पहिलो पटक युरोपियन च्याम्पियनमा छनोट हुनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : १६ बजे

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ