एभिसीमा पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दै नेपाल « Khabarhub

एभिसीमा पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दै नेपाल


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा आज (शुक्रबार) नेपाल पाँचै स्थानका लागि अफगानिस्तानसँग भिड्दैछ । त्रिभुवन आर्मी क्लबको लगनखेलस्थित कभर्डहलमा नेपालले अफगानिस्तानसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ ।

समूह बि मा रहेको नेपाल समूह चरणका दुवै खेलमा पराजित भएपछि सेमिफाइनल पुग्नबाट बञ्चित भएको थियो । तर, समूह चरणबाट बाहिरिएका दुवै टोली अफगानिस्तान र नेपाल पाँचौं स्थानका लागि संघर्ष गर्नेछ ।

यसअघि साउन अन्तिममा भएको अफगानिस्तानसँगको मैत्रिपूर्ण खेलमा नेपालले अफगानि टोलीलाई पराजित गरेको थियो । दुई खेलको मैत्रिपूर्ण खेलमा नेपालले दुवै खेल जीतेको थियो भने प्रतियोगिताका दुवै खेलमा हार व्यहोरेको अफगानस्तानलाई पराजित गर्दै प्रतियोगितामा जीत विहीनहुनबाट जोगिनेछ ।

घरमै भएको प्रतियोगितामा नेपाली टोली एभिसीको सेमिफाइनल पुग्नबाट चुक्यो । एभिसी इतिहासमा नेपाल पहिलो पटक समूह चरणबाट शीर्ष चारमा पुग्न सकेन ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ९ : ४६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक