श्रीकृष्ण जन्माष्टमी : कुन मन्त्र र विधिले पुजा गर्ने ? | Khabarhub Khabarhub

श्रीकृष्ण जन्माष्टमी : कुन मन्त्र र विधिले पुजा गर्ने ?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मालम्बिहरुको मुख्य पर्व मध्ये एक श्रीकृष्ण जन्माष्टमीलाई समेत मानिन्छ । यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मिएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बि भएका देशहरुमा प्रमुखताका साथ मनाउने गरिन्छ ।

भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राति १२ बजे श्रीकृष्णको जन्म भएको थियो । जसका कारण श्रीकृष्ण जन्मअष्टमिको व्रत बिहानबाटै प्रारम्भ गर्नुपर्ने हुन्छ । ब्रत प्रारम्भ गरेदेखि दिनभर भगवान हरिको मन्त्रोउच्चारणका साथ पूजा गरी पारण गर्नुपर्दछ । मध्य रातमा श्रीकृष्णको जन्म भएको हुदाँ सो बेलामा पुजा गरी बिहान ब्रह्म मुहूर्तमा नुहाएर यो मन्त्र उच्चारण गर्नुपर्दछ ।

ऊं यज्ञाय योगपतये योगेश्रराय योग सम्भावय गोविंदाय नमो नमः

यसपछि श्रीहरिको यस मन्त्रो उच्चारणका साथ पूजा गर्नुपर्दछ ।
ऊ यज्ञाय यज्ञेराय यज्ञपतये यज्ञ सम्भवाय गोविंददाय नमों नमः

त्यसपछि श्रीकृष्ण मुर्तिलाई पाल्किमा विराजमान गरी यस मन्त्रको उच्चारण गरी भगवानलाई निदाउन प्रेरित गर्नुपर्दछ ।

विश्राय विश्रेक्षाय विश्रपले विश्र सम्भावाय गोविंदाय नमों नमः

यसरी श्रीहरिलाई शयन गराएर पूजाको मन्डप तयार गरी श्रीकृष्णका साथमा रोहिणी र चन्द्रमाको समेत पूजा गर्नुपर्दछ । त्यसपछि शंखको माध्यममले चन्दन युक्त जललाई यो मन्त्र उच्चारण गर्दै अर्पण गर्नुपर्दछ ।

श्री रोदार्णवसम्भुत अनिनेत्रसमुद्धव । ग्रहाणार्ध्य शशाककेश रोहिणा सहिते मम् ।

यसरी पुजा विधि सकेपछि भगवान श्रीकृष्णको आरती गर्नुपर्दछ । आरति पछि भगवानको नाममा जयगान गाउदै प्रसाद ग्रहण गर्नुपर्दछ । त्यसपछि पुजा विधि सकिने भएकाले ब्रतलाई खोल्न सकिन्छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ३९ बजे

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका