एयर इन्डियाका जहाजलाई ६ विमानस्थलमा इन्धन भर्न रोक « Khabarhub

एयर इन्डियाका जहाजलाई ६ विमानस्थलमा इन्धन भर्न रोक


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर इन्डियाका जहाजलाई दक्षिण भारतका ६ वटा विमानस्थलमा इन्धन भर्न रोक लगाइएको छ ।

आयल मार्केटिङ कम्पनी (ओएमसी)ले एयर इन्डियालाई इन्धन उपलब्ध गराउन बन्द गरेको हो । एयर इन्डियाले यसअघिको बक्यौता नतिरेका कारण यी ६ एयरपोर्टमा तल भर्न नदिने निर्णय गरिएको ओएमसीले जनाएको छ ।

बिहीबार अपराह्न ४ बदेतिर एयर इन्डियालाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी आएको स्रोतलाई उल्लेख गर्दै टाइम्स अफ् इन्डियाले जनाएको छ ।

ओएमसीले एयर इन्डियालाई कोची, पुणे, पटना, राँची, बिशाखापत्तनम र मोहाली विमानस्थलमा इन्धन उपलब्ध नगराइने जानकारी दिएको हो ।

एयर इन्डियाका अधिकारीहरुले समस्या समाधानका लागि ओएमसीसँग वार्ता चलिरहेको बताएका छन् । ओएमसीलाई तिर्नुपर्ने मध्ये ६० करोड (भारु) हालै भुक्तान गरिएको पनि एयर इन्डियाका अधिकारीहरुको भनाइ छ ।

तत्कालका लागि एयर इन्डियाले यी ६ विमानस्थलमा उडान भर्ने आफ्ना जहाजहरुलाई अन्य विमानस्थलबाट पर्याप्त इन्धन भरेर जाने भनेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ५३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा