एयर इन्डियाका जहाजलाई ६ विमानस्थलमा इन्धन भर्न रोक | Khabarhub Khabarhub

एयर इन्डियाका जहाजलाई ६ विमानस्थलमा इन्धन भर्न रोक


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर इन्डियाका जहाजलाई दक्षिण भारतका ६ वटा विमानस्थलमा इन्धन भर्न रोक लगाइएको छ ।

आयल मार्केटिङ कम्पनी (ओएमसी)ले एयर इन्डियालाई इन्धन उपलब्ध गराउन बन्द गरेको हो । एयर इन्डियाले यसअघिको बक्यौता नतिरेका कारण यी ६ एयरपोर्टमा तल भर्न नदिने निर्णय गरिएको ओएमसीले जनाएको छ ।

बिहीबार अपराह्न ४ बदेतिर एयर इन्डियालाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी आएको स्रोतलाई उल्लेख गर्दै टाइम्स अफ् इन्डियाले जनाएको छ ।

ओएमसीले एयर इन्डियालाई कोची, पुणे, पटना, राँची, बिशाखापत्तनम र मोहाली विमानस्थलमा इन्धन उपलब्ध नगराइने जानकारी दिएको हो ।

एयर इन्डियाका अधिकारीहरुले समस्या समाधानका लागि ओएमसीसँग वार्ता चलिरहेको बताएका छन् । ओएमसीलाई तिर्नुपर्ने मध्ये ६० करोड (भारु) हालै भुक्तान गरिएको पनि एयर इन्डियाका अधिकारीहरुको भनाइ छ ।

तत्कालका लागि एयर इन्डियाले यी ६ विमानस्थलमा उडान भर्ने आफ्ना जहाजहरुलाई अन्य विमानस्थलबाट पर्याप्त इन्धन भरेर जाने भनेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ५३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी