डेङ्गुबाट डोटीमा एक जनाको मृत्यु « Khabarhub

डेङ्गुबाट डोटीमा एक जनाको मृत्यु


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए । उनले भने “लामो समयदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियौं, रोग निको नभएपछि कैलालीतर्फ लग्यौँ, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेङ्गु हो भनेपछि, हामी आश्चर्यचकित भयौँ ।”

जिल्ला बाहिर कहिले नगएकी निज महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्मित भएका छन् । डेङ्गु रोग लागेर निज महिलाको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् । मृतक मसालीलाई डेङ्गु र स्क्रप टाइफस गरी दुई रोग देखिएको मायामेट्रो अस्पतालका डा विष्णु जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतकमा डेङ्गु र स्क्रप टाइफस रोगले धेरै सङ्क्रमण गरिसकेको थियो, उपचार सम्भव भएन र मृत्यु भयो ।”

जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले भने, “एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ, तर डोटीमा अहिलेसम्म पनि उक्त रोगका बिरामी देखिएका छैनन्, हामी नै अचम्ममा परेका छौँ ।” डा मिश्रका अनुसार एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो मात्रै मानिसलाई टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । यस्ले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करीब ३०० अण्डा पार्दछ । ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ । लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : ०१ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका